बिएल संवाददाता
नर्वेकी ३६ वर्षे क्रिस्टिन हरिला आइतवार बिहान ८.४५ बजे सगरमाथाको चुचुरोमा पुगेकी छन्। योसँगै उनको हिमालयका ८,००० चुचुरोको चौथो आरोहण भएको आरोहण आयोजक एट–के एक्सपिडिसनका पेम्बा शेर्पाले बताएका छन्।
आठ दिनअघि हरिलाले तेस्रो अग्लो चुचुरो कञ्चनजङ्घा (८,५८६ मिटर) आरोहण गरेकी थिइन्।
हरिलाले ६ महिनामा सबै १४ चुचुरो आरोहण गर्ने उनको योजना छ। अगामी जून महिनाको मध्यमा पाकिस्तानको ८,००० मिटरभन्दा अग्ला पाँचवटा चुचुरो आरोहण गर्ने योजना बनाएकी छन्।
उनको हिमाल आरोहण विश्वको १०औँ अग्लो हिमाल अन्नपूर्ण (८,०९१ मिटर)को चुचुरोबाट सुरुवात गरेकी थिइन्। त्यसपछि १० दिनमा १० दिनमा धौलागिरी चढिन्। उनले २४ दिनमा चार वटा ८ हजार मिटर माथिका हिमाल आरोहण गर्दै निर्मल पुर्जाको २९ दिनको सबैभन्दा छिटो आरोहणको कीर्तिमानभन्दा पाँच दिन अगाडि हो।
सगरमाथा र ल्होत्से आरोहणका क्रममा उनले आफ्नै रिकर्ड पनि तोडिन्। यसअघि सगरमाथा र ल्होत्सेको आरोहण १२ घण्टामा गरेर रेकर्ड बनाएकी उनले यसपल्ट ९ घण्टा ५ मिनटमा पार गर्दै विश्वको सबैभन्दा छिटो आरोहण गर्ने महिलाको किर्तिमान बनाइन्।
अब उनी मकालु हिमालको आरोहणमा जाँदैछिन्।
निम्सले ४८ घण्टामा सगरमाथा, ल्होत्से र मकालु आरोहण गरेका थिए। उनी पुर्जाको कीर्तिमान तोड्न चहान्छिन्। 'यस परियोजनाको मुख्य लक्ष भनेको महिलाहरूले पनि गर्न सक्छन् भन्ने सन्देश दिनु हो,' एट–के एक्सपेडिसनका लाक्पा शेर्पाले भने।
निर्मल पुर्जाले सबै १४ वटा ८ हजार माथीका हिमाल ६ महिना ६ दिनमा आरोहण गरेर विश्व किर्तिमान राखेका थिए। तर क्रिस्टिनले ६ महिनाभित्र सबै हिमाल आरोहण गरेर पुर्जाको रेकर्ड तोड्ने योजना रहेको छ।
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया