बिएल संवाददाता
नर्वेकी ३६ वर्षे क्रिस्टिन हरिला आइतवार बिहान ८.४५ बजे सगरमाथाको चुचुरोमा पुगेकी छन्। योसँगै उनको हिमालयका ८,००० चुचुरोको चौथो आरोहण भएको आरोहण आयोजक एट–के एक्सपिडिसनका पेम्बा शेर्पाले बताएका छन्।
आठ दिनअघि हरिलाले तेस्रो अग्लो चुचुरो कञ्चनजङ्घा (८,५८६ मिटर) आरोहण गरेकी थिइन्।
हरिलाले ६ महिनामा सबै १४ चुचुरो आरोहण गर्ने उनको योजना छ। अगामी जून महिनाको मध्यमा पाकिस्तानको ८,००० मिटरभन्दा अग्ला पाँचवटा चुचुरो आरोहण गर्ने योजना बनाएकी छन्।
उनको हिमाल आरोहण विश्वको १०औँ अग्लो हिमाल अन्नपूर्ण (८,०९१ मिटर)को चुचुरोबाट सुरुवात गरेकी थिइन्। त्यसपछि १० दिनमा १० दिनमा धौलागिरी चढिन्। उनले २४ दिनमा चार वटा ८ हजार मिटर माथिका हिमाल आरोहण गर्दै निर्मल पुर्जाको २९ दिनको सबैभन्दा छिटो आरोहणको कीर्तिमानभन्दा पाँच दिन अगाडि हो।
सगरमाथा र ल्होत्से आरोहणका क्रममा उनले आफ्नै रिकर्ड पनि तोडिन्। यसअघि सगरमाथा र ल्होत्सेको आरोहण १२ घण्टामा गरेर रेकर्ड बनाएकी उनले यसपल्ट ९ घण्टा ५ मिनटमा पार गर्दै विश्वको सबैभन्दा छिटो आरोहण गर्ने महिलाको किर्तिमान बनाइन्।
अब उनी मकालु हिमालको आरोहणमा जाँदैछिन्।
निम्सले ४८ घण्टामा सगरमाथा, ल्होत्से र मकालु आरोहण गरेका थिए। उनी पुर्जाको कीर्तिमान तोड्न चहान्छिन्। 'यस परियोजनाको मुख्य लक्ष भनेको महिलाहरूले पनि गर्न सक्छन् भन्ने सन्देश दिनु हो,' एट–के एक्सपेडिसनका लाक्पा शेर्पाले भने।
निर्मल पुर्जाले सबै १४ वटा ८ हजार माथीका हिमाल ६ महिना ६ दिनमा आरोहण गरेर विश्व किर्तिमान राखेका थिए। तर क्रिस्टिनले ६ महिनाभित्र सबै हिमाल आरोहण गरेर पुर्जाको रेकर्ड तोड्ने योजना रहेको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया