ईश्वरी राई (इशु)
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह ‘बालेन’ मेयरमा निर्वाचित भएदेखि निकै व्यस्त भएका छन्।
महानगरपालिकाकाे प्रमुख बनेपछि ‘काठमाडाैंलाई फाेहाेररहित बनाउँछु’ भनेर वाचा गरेका उनी जनताहरूकाे विश्वास कायम राख्न व्यस्त छन्।
मेयर बनेर काठमाडौंको फोहोर उठाउने र गन्हाउने काठमाडौंलाई बास्ना आउने बनाउँछु भनेर जनतालाई आश्वासन दिएका बालेन दाेस्राे पटक शुक्रबार फोहोर विसर्जन गर्ने स्थान नुवाकोटको सिसडोल पुगेका छन्।
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेका मेयर साहले बिहीबार साँझ मात्र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँग परामर्श गरेका थिए।
उक्त भेटमा मन्त्री झाँक्रीले तत्काललाई काठमाडौंको फोहोर व्यवस्थापन गर्न वैज्ञानिक व्यवस्थापन जरुरी रहेकाे बताउँदै महानगरसँग मन्त्रालय सधैं मिलेर काम गर्न तयार रहकाे बताएकी थिइन्।
काठमाडाैंकाे विभिन्न स्थानमा थुपारिएकाे फाेहाेरले दुर्गन्ध फैलाएकाे स्थानीयको गुनासाे सुनेपछि मेयर बालेनले तत्कालकाे लागि केमिकल राखेर गन्ध हटाउने उपाय अपनाउने बताए।
काठमाडाैंकाे फाेहाेर व्यवस्थापन गर्नमा भ्याइनभ्याइ भएका बालेन भन्छन्, ‘एक सातासम्म गन्ध नआउने बनाउन सकिन्छ।’
फाेहाेर व्यवस्थापन गर्न के गर्दैछ महानगरपालिका ?
काठमाडाैंलाई फाेहाेररहित बनाउने तयारी भइरहेकाे महानगरपालिकाका सहायक प्रवक्ता महेश काफ्ले बताउँछन्।
‘काठमाडाैंवासीलाई फाेहाेरबाट मुक्त गराउने काेसिसमा छाैँ’, उनले बिएल नेपाली सेवासँग भने, ‘त्यसैले काठमाडाैंलाई कसरी फाेहाेररहित बनाउने भन्ने बारेमा छलफल गर्दैछाैँ।’
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया