अमेरिकी राष्ट्रपतिका छाेराले ‘पाेर्न भिडियाे’ हेर्ने गरेकाे खुसाला, बुबालाई पनि पठाएकाे आशंका

photo : Agency
photo : Agency

अमेरिकी राष्ट्रपति जो बाइडेनका पुत्र हन्टर बाइडेनले इन्टरनेटमा नियमित रुपमा ‘पोर्न साइट’ हेर्ने गरेको खुलासा भएको छ। उनको ल्यापटप मर्मत गर्ने पसलबाट चुहिएको सूचनाको आधारमा बेलायतको पत्रिका ‘डेली मेल’ले यो खुलासा गरेको हो।

पत्रिकाको रिपोर्ट अनुसार उनले एउटा निश्चित किसिमको भिडियो लगातार ३ घण्टासम्म पनि हेरेका थिए। यसको साथै वेश्याहरुसँग भएको यौन क्रियाहरुको भिडियो पनि उनले आफ्नो ल्याप्टपमा सुरक्षित गरेर राखेका छन्।

त्यस्तै केही भिडियोहरु उनले केही ‘पोर्न वेब साइट’हरुमा आफ्नो अकाउन्ट बनाएर त्यसमा अपलोड गरेको पनि पाइएको छ। यसैगरी उनको ल्यापटप मा ‘ड्याड’ नामको फोल्डरमा कयौं त्यस्ता भिडियोहरु सुरक्षित छन्, यसबाट उनले यस्तो भिडियो राष्ट्रपति बाइडेनलाई पनि पठाएको हुन् सक्ने आशंका गरिएको छ।

ल्यापटपको सर्च हिस्ट्रीकाअनुसार उनले आफ्नो ल्यापटपको अधिकतम प्रयोग यस्तै पोर्न साइट हेर्नमा प्रयोग गरेको खुलासा भएको छ। ४ फरवरी १९७० मा जन्मेका हन्टर एक प्रख्यात वकिल हुन् तर आफ्नो यौन लम्पट स्वभाव, ड्रग र रक्सी को लत, वेश्याहरुसँगको अनैतिक सम्बन्धहरुको कारण पटक-पटक चर्चामा आउने उनको यौन सम्बन्ध आफ्नै मृत भाइको पत्नीसँग पनि रहेको थियो। युक्रेनको एक पेट्रोल कम्पनीसँग पिताको नामको दुरुपयोग गरेर पैसा मागेको र एक वेश्यालाई २ करोड अमेरिकी डलरको किनमेल गरेको बिषयमा पनि हन्टर पहिले नै निक्कै विवादमा तानिएका थिए।

पोर्न वेबसाइटहरुमा उनले आफ्नो युजर नाम हार्पर राखेका छन्। र, उनको ठेगाना पेरिस, फ्रान्स को छ। उनले करिब ३ हजार ६ सय ३१ वटा भिडियो पोष्ट गरेका छन्। उनको प्रोफाइलमा २४ सब्स्क्राइबर र ६६ साथीहरु छन्। ल्यापटपबाट निस्केको जानकारीअनुसार उनको केही भिडियोहरुले ‘ब्याज’ पनि प्राप्त गरेका छन्, जसबाट उनको यस्ता भिडियोप्रतिको लगाव र कुशलता पत्ता लाग्छ।

यद्धपि, उनले भिडियोहरुमा आफ्नो अनुहार ‘ब्लुर’ गरेका भए पनि यो उनकै भिडियो भएको पत्रिकाले ठोकुवा गरेको छ। र, यसको साथै उनको यो ल्यापटप सहकर्मी वकील रूडी गिउलिआनीबाट प्राप्त गरेको बताएको छ। यो समाचार तयार पार्दासम्म हन्टरले कुनै पनि अभिव्यक्ति दिएका छैनन्।

प्रकाशित मिति: : 2022-06-04 08:10:00

प्रतिकृया दिनुहोस्