बिहिबार, ३१ जुलाई २०२५

मधेस प्रदेशले युवा महोत्सव आयोजना गर्ने

File photo
• • •

मधेस प्रदेश सरकारले पहिलोपटक युवा महोत्सव आयोजना गर्ने भएको छ। प्रदेश महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रालयले यही असार १५ र १६ गते दुई दिन युवा महोत्सव आयोजना गर्ने भएको हो।

मन्त्री वीरेन्द्र प्रसाद सिंहका अनुसार ‘समुन्नत मधेस प्रदेशका लागि साझा अठोट’ नाराका साथ पहिलो मधेस प्रदेश युवा महोत्सव २०७९ आयोजना गरिने छ।

महोत्सवमा मधेस मन्थन, मधेस जागरण, मधेस हदिया, सांस्कृतिक साँझ, मधेस मान तथा घोषणापत्र सार्वजनिक हुने उनले बताए। उद्योग वाणिज्य संघ जनकपुरमा महोत्सव हुनेछ। सम्पूर्ण युवा तथा सरोकारवालाहरुलाई सहभागिता जनाउन मन्त्री सिंहले अपिल गरेका छन्।

युवामैत्री प्रदेश बनाउन सरकार प्रतिबद्ध रहेको र यसमा सरोकारवालाको हातेमालो आवश्यक रहेको उनले बताए।

सोमबार, असार १३, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)