
उकेरा
स्थानीय तह निर्वाचनमा खुबै चर्चामा आयो 'कोर सिटी' शब्द। काठमाडौँ महानगरपालिकाको नेतृत्व चयनमा निर्णायक मत मानिएको भित्री सहरका मतदाताले राजनीतिक चेत देखाए यो पटक।
तर, त्यही कोर सिटीमा रहेका सामुदायिक विद्यालयको अवस्था हेर्ने हो भने त्यो राजनीतिक चेत सामाजिक चेतमा बदलिन बाँकी नै रहेको स्पष्ट देखिन्छ।
साँघुरो अनि अँध्यारो कक्षा कोठा। न आपंग मैत्री न पर्याप्त खेल मैदान। कोर सिटीका २५ सामुदायिक विद्यालय आफ्नो अस्तित्व जोगाउने संघर्षमा देखिए।
विद्यार्थीलाई चौरको मुहार देखाउनुपर्यो भने कि टुँडिखेल कि रंगशाला नै लैजानुपर्ने बाध्यता छ। कोर एरियाका विद्यालयमा त्यहीँका रैथानेका सन्तान भने पढ्दैनन्।
पाँच-पाँच मिनेटको फरकमा छन् विद्यालय। विद्यार्थी संख्या न्यून छ। तर मर्जरतिर जान चाहेको देखिएन अधिकांश विद्यालय।
दुई आनामा भवन रहेका विद्यालय पनि यही छन्, जुन सडकमै छन् र विद्यार्थी आउने र जाने समयमा सडक बन्द गर्नुपर्ने अवस्था छ। अझ त्यही भित्री सहरका करिब १० विद्यालय नमुना विद्यालयको सूचीमा पनि छन्।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया