काठमाडाैँ महानगरकाे फाेहाेर व्यवस्थापनमा चन्द्रागिरीकाे साथ

चन्द्रगिरी नगरपालिकाले फोहोर व्यवस्थानको लागि काठमाडौँ महानगरपालिकालाई सहयोग गर्ने बताएकाे छ।

४० लाख मानिसकाे बसोबास रहेकाे राजधानी काठमाडौँमा फोहोरको उचित व्यवस्थापन भइरहेको छैन। काठमाडौँका मेयर बालेन साहको अधिक प्रयास पश्चात पनि फोहोरको उचित व्यवस्थापन हुन सकेकाे छैन। उनी बारम्बार कहिले सिसडोल पुगे भने त कहिले उनी बन्चरेडाँडा पुगे।

निर्वाचित भएसगैँ सिसडोल पुगेका उनलाई स्थानीयले आक्राेश पाेखेका थिए। तथापि, सिसडोलवासीले फोहोर फाल्न दिन सहमत भएपछि अहिले साे ठाउँमा फाेहाेर व्यवस्थापन हुँदै आएकाे छ। तर, फेरि पनि केही दिनयता काठमाडौँको थुप्रै स्थानहरुमा फोहोर उठन सकिरहेको छैन।

यही कारणले गर्दा मेयर साहमाथि धेरै टिप्पणीहरूकाे सामान गर्न परिरहेको छ। यतिसम्म कुरा आएको छ कि बालेन पनि नेता जस्ताे रहेछन, एक-दुई दिन राम्रो काम गरे त्यसपछि पुरानै मेयरको शौलीमा फर्कए। तर, काठमाडौँको फोहोर व्यवस्थाको लागि चन्दगिरीले सहयोग गर्न घाेषणा गरेकाे छ।

‘काठमाडौँ महानगरपालिका र चन्दगिरी नगरपालिकाबीच फाेहाेर व्यवस्थापनमा समन्वय भएको छ, कसरी फोहोरको उचित व्यवस्थापन गर्ने र के गरी उपत्यकका तीनै जिल्लाको फोहोर व्यवस्थापन गर्ने भन्ने तर्फ हाम्राे ध्यान छ,’ चन्द्रागिरीका मेयर घनश्याम गिरीले भने,‘साेही विषयमा आजकाे कार्यपालिका बैठकमा छलफल हुनेछ।'

काठमाडौँ महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुटाउन लगाएको छ भने चन्दगिरी नगरपालिकाले नकुहिने फोहोरलाई पनि थप सार्कफ्रस गरिरहेकाे छ। यो सँगै काठमाडौँ महानगरपालिका र चन्दगिरी नगरपालिकाबीच एकअर्कामा समन्वय हुनेछ, चाहे फाेहाेर व्यवस्थपनमा हाेस् वा कम्पाेष्ट मल बनाउने कुरामा हाे,’ मेयर गिरीले भने,‘काठमाडौँ महानगरपालिकाबाट एकदमै राम्रो रेसपोन्स् आइरहेको छ।

आखिर यहाँका तीनबटै जिल्लाकाे फाेहाेर एकै ठाउँमा जाने त हाे।’ उनले फाेहाेर उपत्याकाकाे फाेहाेर व्यवस्थापनकाे दीर्घकालिन उपाय खाेजिने बताए।

प्रकाशित मिति: : 2022-07-19 16:18:00

प्रतिकृया दिनुहोस्