प्रतिस्णा रेग्मी
गत वैशाख ११ गतेदेखि सुरु भएको यस वर्षकाे माध्यमिक शिक्षा परीक्षा (एसईई)को नजिता गत बुधबार सार्वजनिक भयाे।
सो परीक्षामा ५ लाख १४ हजार विद्यार्थीहरू सहभागी थिए। ५ लाख १४ हजार विद्यार्थी सहभागी एसईईमा ४१ हजार ६ सय २७ जनाले ३.२० देखि ३.६०, ६९ हजार ९ सय जनाले २.८० देखि ३.२० जीपीए र ९० हजार ७ सय ५८ जनाले २.४ देखि २.८० जीपीए ल्याए। १ लाख १२ हजार ७ सय ३३ जनाले २ देखि २.४ जीपीए ल्याएका छन्। १ लाख ५ सय ९४ जनाले १.६ देखि २ जीपीए ल्याएका छन् भने १.२ देखि १.६ जीपीए ल्याउनेको संख्या ४४ हजार ५ सय ८६ र ०.८० जीपीएदेखि १.२ जीपीए ल्याउनेको संख्या ३ हजार २ सय ८० ल्याउन सफल भएका छन्।
गत वर्षहरुको तुलनमा यस वर्षको एसईई नतिजा निक्कै कमजाेर आयाे। राष्ट्रिय परीक्षा बोर्डले २०७२ सालदेखि लेटर ग्रेडिग प्रणालीको सुरुआत गरेको थियो। नेपालबाहेक अन्य मुलुकमा लेटर प्रणाली भएको र अन्य मुलुक जस्तै नेपालको शिक्षाको प्रणलीलाई उस्तै बनाउने भनेर उक्त लेटर ग्रेडिङ लागू गरिएको थियो। लेटर ग्रेडिङकाे सुरूवात गरेकाे ८ वर्ष बितिसकेको छ तर विगत ७ वर्ष यताको परीक्षाफल हेर्दा यस वर्षको नतिजा सन्ताेषजनक नभएकाे शिक्षाविदहरु बताउँछन्।
काेराेना महामारीकाे प्रभाव र प्रश्नपत्र जाँच्ने तरिका सही नहुँदा अपेक्षाकृत नतिजा नआएकाे उनीहरूकाे भनाइ छ। विगतमा जस्तै यसपटक परीक्षा बाेर्डले प्रश्नपत्र जाँचमा खेलवाड गरेकाे धेरैले आराेप लगाएका छन्। तथापि, पठनपाठन प्रणाली र विद्यार्थीकाे क्षमतमा पनि यसकाे निर्भरता रहन्छ। ‘राष्ट्रिय परीक्षा बोर्डले नै ग्रेडिङ प्रणाली ल्याउँदा कोही पनि फेल नहुने मानसिकता राखेकोले विद्यार्थीमाझ पनि हामी फेल हुँदैनाैँ भन्ने मानसिकता जागेका कारणले गर्दा पनि यसपालिको नतिजा सन्तोजनक आएन,’ चाबहिलस्थति सेन्ट लरेन्स कलेजकी शिक्षिका सुनिता लामाले बिएल नेपाली सेवासगँ भनिन्।
अहिले परीक्षा प्रणाली राष्ट्रिय परीक्षा बोर्डको दीर्घकालीन योजना नभएर र निजी क्याम्पसहरुले पनि जुन विद्यार्थीकाे एकदमै न्यून अकं ल्याएको भए पनि कलेजहरुले विद्यार्थीलालाई छात्रावृत्ति दिइने लोभले गर्दा परीक्षा प्रणाली नै बिग्रदै गएकाे उनकाे भनाइ छ। त्यस्तै क्षेत्रपाटीमा रहेकाे पिपुल्स क्याम्पसका शिक्षक विपिन देव भने काेराेना महामारीकाे प्रभावका नतिजा राम्राे आउन नसकेकाे बताउँछन्। ‘खासगरी गाउँघरमा इन्टरनेट, माेवाइल र ल्यापटपकाे पहुँच थिएन, गाउँमा भएका विद्यार्थीहरूल सबै कुराबाट वञ्चित थिए। त्यो समयमा बालबालिकालाई निकै तनाव थियो किनभने प्रत्येक दिन कोरोनाको कहाली लाग्दो वातावरणले गर्दा बालमस्तिष्कोमा यो कुराहरु बसेको थियो।
यसकाे प्रभाव नतिजामा परेकाे हाे,’ उनले भने। यसरी काेराेना महामारीकाे प्रभाव र परीक्षा प्रणालीका कारण यसपटक एसईईकाे नतिजा खस्किएकाे पाउन सकिन्छ। काेराेना महामारीका कारण नियमित पठनपाठमा समस्या हुनुका साथै बालमस्तिष्कमा परेकाे भयकाे प्रभावले शिक्षामा असर परेकाे पाउन सकिन्छ। त्यसैगरी ग्रेडिङ प्रणालीमा पनि समस्या देखिएकाे छ।
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया