
उमेश थापा
काठमाडौँकाे नयाँ बानेश्वरस्थित हेभी इक्विप्मेन्ट डिभिजन कार्यालय परिसरमा भएका थोत्रा र पुराना गाडीको लिलामी प्रक्रिया अझै पनि अघि बढ्न सकेको छैन। सडक विभागअन्तर्गत पर्ने डिभिजनमा महानिर्देशक अरुणकुमार कटुवालको आउने र जाने क्रम बढ्दो छ। तर, काम भने शुन्य नै छ।
हाल त्यहाँ रहेको गाडीको अवस्था निकै नै दयनीय छ। डिभिजनका माथिल्लो तहका कर्मचारी आउने र गाडी फेर्ने मात्र काम गर्छन्। बिडम्वना पुराना गाडीमर्मत् र लिलामीतिर कसैको ध्यान गएको छैन्।
डिभिजनमा थोत्रा र पुराना गाडीको चाङ लागेको छ। दुई पाङग्रे र चार पाङग्रे गरी दुई दर्जनभन्दा बढी छ। जसले गर्दा डिभिजन अस्तव्यस्त देखिन थालेको छ। करोडौंमा खरिद गरेका गाडी कवाडीले पनि नलैजाने अवस्थामा राखिएको छ।
हालसालै मात्र खरिद गरेका सवारीमा झार उम्रिन थालिसकेको छ। स्रोतकाअनुसार चलाउन मिल्ने गाडी पनि लिलामीमा राख्ने गरिएको छ। सामान्य कोतारिएको, सिसा मात्र फुटेका, नम्बर प्लेट झरेका, टायर बिग्रिएका गाडीलाई डिभिजनले लिलामीमा राख्नुलाई जनताले के बुझने ?
चलाउन मिल्ने सवारी साधनलाई मर्मत/सम्भार गरेर चलाउन सकिने भए पनि यहाँका कर्मचारी नमान्ने गरेकाे स्राेतकाे दाबी छ। दुई पाङ्ग्रे सवारी साधन दुर्घटना गरेर ल्याएर सुटुक्क राखिएको जस्तो अवस्था छ। जनताले तिरेको करमाथि सरकारी कर्मचारीले रजगज गरेका छन्।
करोडौं तिरेर खरिद गर्ने अनि बिगारेर थन्काउने। यो त सरकारी ढुकुटी रित्ताउने काम मात्र भएन् र ?
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया