शुक्रबार, ०१ अगस्ट २०२५

युरेनियम खोजीमा प्रहरीको विशेष ब्युरो सक्रिय

नागरिक दैनिक

नागरिक दैनिक

काठमाडाैं
News Image
• • •

नेपालमा युरेनियम रहेको सूचनासँगै नेपाल प्रहरीको विशेष ब्युरोले खोजीमा सक्रियता देखाएको छ। भारतीय सुरक्षाकर्मीको एउटा टोली नेपालमै आएर युरेनियमको खोजी गर्न थालेपछि नेपाल प्रहरीको विशेष ब्युरोले पनि सक्रियता देखाएको हो।

असार अन्तिम साता भारतीय प्रहरीको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेसन (सिबिआई) र भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालिसिस विङ (रअ) को ६ सदस्यीय टोली नेपाल आएर युरेनियम खोजीमा जुटेको थियो। भारतीय सुरक्षा अधिकारीले नेपालमा २७ केजी युरेनियम रहेको दाबी गरेका छन्। भारतीय टोलीले युरेनियम फेला नपारेपछि नेपाल प्रहरीको टोली त्यसको खोजीमा सक्रिय भएको हो।

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोका अधिकारीले यो विषयमा आफूहरू नलाग्ने बताएपछि भारतीय सुरक्षा अधिकारीले नेपाल प्रहरीको विशेष ब्युरोलाई अनुसन्धानमा सघाउन आग्रह गरेको स्रोतको दाबी छ।  नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकप्रसाद राईले युरेनियमजस्तो विषयलाई अतिरञ्जना गर्न नहुने भएकाले यसको अनुसन्धान गोप्य हुने बताए।

शुक्रबार, श्रावण २०, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)