उमेश थापा
सार्वजनिक यातायात क्षेत्रमा फेरि पनि आर्थिक चलखेल सुरु भएको छ। सरकारले गरेको निर्णय उल्टाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नै लागिपरेको पाइएकाे छ। यातायात व्यवसायीसँगको आर्थिक चलखेलमा २० वर्षे पुराना गाडी पुन: सञ्चालन गर्न पाइने प्रावधान ल्याउन लागिएकाे हाे।
थोत्रा तथा पुराना सवारीलाई दुःख दिइरहेको मन्त्रालयले यातायात व्यवसायको पक्षमा निर्णय गरेको छ। २० वर्षे सवारी साधनले धेरै प्रदुषण गर्याे र दुर्घटना बढ्यो भनेर सरकारले यसअघि २० वर्ष पुराना सवारी साधान हटाउने निर्णय गरेको थियो।
यातायात मन्त्री श्री मोहम्मद इश्तियाक राईले आयु पुगेका सवारीलाई हटाउन होइन चलाउन दिने तयारी थालेका छन। यातायात मन्त्री नै व्यवसायीको पक्षमा उभिदा सर्वसाधारण आक्रोशित बनेका हुन्।
२०७१/५/२६ गतेको मन्त्रिपरिषद्को बैठकले २० वर्ष पुगेका सवारी विस्थापन गर्ने निर्णय गरेको थियो। सो निर्णय २०७१/११/१८ गते राजपत्रमा प्रकाशन भएकाे थियाे। २०७३/१२/१ गतेको मन्त्रीपरिषद् बैठ्कले २० वर्ष पुराना गाडी हटाउने भने पनि कार्यान्वयनमा जान सकेन।
२०७४/१२/१ गते मुलुकभरबाट आयु पुगेका गाडी हटाइयो। त्यसपछि यो समस्या यथावत् छ। विभिन्न बहाना बनाउँदै यातायात व्यवसायीले पुराना गाडी हटाउनबाट रोक लगाउँदे आइरहेका थिए।
आइतबार यातायात मन्त्री राईले सबै प्रदेशका यातायात मन्त्रीलाई बोलाएर पुराना गाडी चल्न दिने प्रावधान सुनाएकाे स्राेतले जनाएकाे छ। जसमा सबै प्रदेशका यातायात मन्त्रीहरुले सहमति जनाएकाे स्राेतकाे दाबी छ।
सबै प्रदेश मन्त्रीहरुले केही गुनासो नराखेको हुनाले उक्त निर्णय गरेको स्रोतले जनाएको छ। २० वर्ष पुगेको पुराना गाडीहरु फेरि पनि चल्न मिल्छ र चलाउँछौं भनेर यातायात व्यवसायीहरु नै दबाब दिएकाे पाइएकाे छ।
सम्पूर्ण कागजजातहरु मन्त्रालयमा पुगेको र अब मन्त्री परिसदमा लैजाने मन्त्रालयकाे योजना छ। यो निर्णय हप्ता दिनभित्र चलनचल्तीमा ल्याउने बताइएको छ।
पुराना सवारी साधनले दुर्घटना निम्याउने हुनाले सर्वसाधारणको ज्यानलाई जोखिममा राखेर मन्त्रीले एकलौटी निर्णय गर्नुलाई शंकाको नजरबाट हेरिएको छ।
पुरानै सवारीका कारण निजी सवारीमा आकर्षण बढ्दो छ। सर्वसाधारणबारे अलिकति पनि चासो नदिँदा सरकारमाथि अविश्वास प्रकट भएकाे छ। थोत्रा सवारीका कारण सर्वसाधारणले समेत हैरानी भाेग्नु परेकाे छ। भने, दुर्घटनाकाे जाेखिम पनि बढेकाे छ।
मन्त्रालयले २० वर्षे गाडीको आयु हटाउने र उक्त गाडीको नामसारी, नविकरण, जाँच/पास र रोड परमिट खुलाउने निर्णय गरेको छ।
प्रश्न एक, उत्तर अनेक
यातयात व्यवस्था विभागका महानिर्देशक सुरेश राउत भने यसबारे बोल्न चाहेनन्। तर, उनले नै २० वर्षे सवारीको म्याद हटाउने भनेर टिप्पणी उठाएर मन्त्रालय पठाएको स्रोतको दाबी छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव शंकर धामीले भने,‘पुराना गाडीको अवधि तोक्नुहुन्न। जतिसम्म चल्छ, चल्न दिनुपर्छ।’ गाडीको अनुगमन गर्ने, त्यसलाई वर्गको आधारमा छुटाउने र चल्न दिने उनको भनाइ छ।
उनकाअनुसार कानुन परिवर्तन हुँदैन तर चेक/जाँच भने नियमित हुनेछ। क, ख, ग र घ खण्डमा राखि चल्न मिल्नेलाई चल्न दिनुपर्ने पक्षमा उनी छन्।
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया