ब्राेन्काेस्काेपी सुरु भएसँगै प्रतिष्ठानकाे सेवा थप मजबुत भएकाे छ- डा. अनुस्मृति

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले साेमबारदेखि ब्राेन्काेस्कपी सेवा संचालनमा ल्याएकाे छ। फाेक्साेका समस्याहरु, फाेक्साेकाे क्यान्सर पत्ता लगाउन, खकारमा रगत देखापर्ने लगायत समस्याकाे कारण थाहा पाउन तथा उपचार गर्न अतिउपयोगी साबित हुने ब्राेन्काेस्कपी सेवाले बिरामीलाई ठुलो राहत हुने भएकाे विशेषज्ञ डा.अनुस्मृति पालले बताइन्।

'फाेक्साेमा के-के राेगहरु छन् ? मासु पलाएकाे छ, खकारमा रगत देखापर्ने गरेकाे छ वा खकारमा अरु कुनै प्रकारका किटाणुहरु छन् भने पत्ता लगाउन प्रायाेग गरिने विधि नै ब्रान्काेसकपी हाे,' उनले भनिन्, 'सबै मानिसले बुझ्ने गरी भन्दा याे फाेक्साेकाे इन्डाेसकपी हाे भने पनि हुन्छ। सामान्यतया इन्डाेसकपी भन्नाले पेटकाे, आन्द्राकाे राेग पत्ता लगाउन अपनाइने विधि हाे। याे पनि स्काेप नै हाे, जसलाई फाेक्साेकाे हाे भन्दा बुझ्न सजिलो हाेला।'

डा.अनुस्मृति फाेक्साे र क्रिटिकल कियरकि विशेषज्ञ हुन। प्रतिष्ठानमा ब्राेन्काेस्कपी सेवा प्रवाहकाे लागि एक मात्र जनशक्ति उनी नै हुन। उनले ब्राेन्काेस्कपी गर्न अतिरिक्त तालिम पनि लिएकी छन्।

फाेक्साेमा हुने विभिन्न खालका राेगहरु पत्ता लगाउन अतिउपयोगी हुने ब्राेन्काेस्कपी सेवा उपलब्ध गराउने जनशक्तिले तालिम लिएकाे हुनुपर्छ। डा. अनुस्मृतिका अनुसार विदेशमा याे सेवा दिने जनशक्तिले छ महिनासम्म अतिरिक्त तालिम लिएकाे हुनुपर्छ भने तालिम अवधिभर कम्तीमा पाँच छ हजार जनाकाे ब्राेन्काेस्कपी गरेकाे पनि हुनुपर्छ। नेपालमा भने विशेषज्ञ चिकित्सकले अतिरिक्त तालिम लिएकाे खण्डमा सेवा दिन पाउने प्रावधान छ।

उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान आएकाे छ वर्ष बढी भए पनि बजेट अभाव लगायत विधिव कारणले याे सेवा सुचारु हुन सकेकाे थिएन। दुर्गमका नागरिकलाई अब्बल सेवा दिएर ख्याति कमाएकाे प्रतिष्ठान पछिल्लो समय बजेट अभावलगायत समस्याले गुज्रिरहेकाे छ।

सरकारले क्रमागत याेजनाकाे बजेट बाहेक अतिरिक्त बजेट नुछट्याइदिँदा समयमै अत्यावश्यक सेवा दिने विषय कठिन बनिरहेकाे प्रतिष्ठानका रजिस्ट्रार नृप्रेन्द्र महतले बताए।

'जटिल घटना हुँदा र गम्भीर प्रकृतिका राेगहरुकाे उपचारमा चिकित्सकले जाेखिम माेलेरै उपचार गर्दै आएका छन्,' उनले भने, 'पर्याप्त बजेट हुन सकेकाे खण्डमा कर्णाली लगायत विकट बस्तीका नागरिकले स्तरीय स्वास्थ्य सेवा पाउनेछन्।'

यसअघि छातिकाे एक्सरे गर्दा वा सिटीस्क्यान गर्दा क्यान्सरकाे सम्भावना मात्रै देखिएकाे खण्डमा रेफर गर्नुपर्ने बाध्यता रहेकाे डा.अनुस्मृतिले बताइन्।

'ब्राेन्काेस्कपी सुचारु भएसँगै प्रतिष्ठानले दिने सेवा थप मजबुत भएकाे छ,' उनले भनिन्, 'फाेक्साेबाटा मासुकाे टुक्रानिकालेर कस्ताे किसिमकाे क्यान्सर हाे वा कस्ताे खालकाे समस्या भएकाे छ वा कुन प्रकारकाे क्यान्सर हाे भनि थाहा पाउन अब याे सेवा जरुरी हुन्छ।'

यी विविध किसिमका समस्याहरु लिएर आउने बिरामी यसअघि काठमाडौं वा भरतपुर पठाउने गरिएकाे थियाे। अब प्रतिष्ठानमै ब्राेन्काेस्कपी सेवा सुचारु हुँदा राेग पत्ता लागे अनुसारको उपचार पद्धति अपनाउन सकिने भएकाे छ।

कहिलेकाहीँ खकारमा टीबी देखिएन तर एक्सरे वा सीटीस्क्यान गर्दा शंका भयाे भने सिधैं टीबीकाे ओैषधी चलाउन मिल्दैन। यस्तै समस्या भएका एकजना बिरामीकाे ब्राेन्काेस्कपी गरेसँगै याे सेवा नियमित रुपमा सुचारु भएकाे उनले बताइन्।

'ब्राेन्काेस्काेपीकाे माध्यमबाट स्वासप्रश्वासकाे पाइपदेखि  फाेक्साेमा खाना, हड्डी वा अरु केही अड्कियाे भने पनि निकाल्न सकिन्छ,' उनले भनिन्, 'फाेक्साेका जटिल प्रकारका समस्याहरु समाधानका साथै राेग पत्ता लागाउन प्रतिष्ठानलाई सहज हुनेछ।'

कर्णालीमा फाेक्साेकाे समस्या भएका बिरामीहरु अन्य राेगकाे तुलनामा धेरै छन्। धुम्रपान गर्ने, धुम्रपान गर्नेकाे नजिक बस्ने, परम्परागत घर र तीनमा झ्याल नहुनु, धुवाँ अत्यधिक हुने सल्लाका दाउरा प्रयाेग लगायत कारण दम, क्यान्सर, मुटु राेग, टिबी, सि.ओेपिडी, आथ्स्मा र आइएलडी लगायतका राेगहरु लाग्ने गरेकाे देखिन्छ। 

डा. अनुस्मृतिका अनुसार सीओपीडी नामकाे राेग वृद्ध उमेरका मानिसमा देखिन्छ, आथ्स्मा सबै उमेर समूहका मानिलाई देखापर्न सक्छ भने आइएलडीका धेरै प्रकाहरु हुन्छन्। यसका कतिपय प्रकारमा उपचार र ओैसधिकाे समस्या छ। विदेशमा समेत यसका सबै प्रकारकाे ओैषधि बन्न सकेकाे छैन।

'छाती र फाेक्साे सम्बन्धी लाग्ने राेगका बिरामीलाई घरमा अक्सिजनकाे बन्दाेबस्त गर्नुपर्ने हुन्छ। तर, सिलिन्डर महंगाे हुने र कन्सन्टेटरका लागि चाहिने बिजुलीकाे अभावका कारण अक्सिजन सबैकाे पहुँचमा छैन,' उनले भनिन्, 'यस्ताे अवस्थामा छाति तथा फाेक्साेका राेगहरु सामान्य तवरबाट पत्ता नलागेपछि ब्राेन्काेस्कपी जरुरी हुन्छ।'

पश्चिम नेपालको एकमात्र रजिस्टर्ड छाती राेग विशेषज्ञ डा. अनुस्मृति र उनकाे टिमले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ब्रोन्कोस्कोपी सेवा दिनु प्रतिष्ठान एक कदम अगाडि बढेकाे उपकुलपति डा. मंगल रावलले बताए।

उनले भने,'कर्णाली क्षेत्रका शंकास्पद क्षयरोग, फोक्साेको क्यान्सर, खकारमा रगत बग्ने, दीर्घखोकी लगायतको समयमै निदानको लागि यो सेवा महत्वपूर्ण हुने विश्वास लिएकाे छु।'

ब्रोन्कोस्कोपी सेवा नेपालका धेरै ठाउँमा अझै संचालन हुन सकेकाे छैन। यस्ताे अवस्थामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा याे सेवा सुचारु हुनु सुखद भएकाे अस्पताल निर्देशक डा.राजिव शाहले बताए।

प्रकाशित मिति: : 2022-08-17 08:50:00

प्रतिकृया दिनुहोस्