बिएल संवाददाता
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले सय दिनमा गरेको काम सार्वजनिक गरेका छन्।
सामाजिक सञ्जालमार्फत् १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका हुन्। निर्वाचित भएलगतै श्रमदान सुरु गरेको र वर्षाैदेखि धरानले भोग्दै आएको खानेपानीको समस्या समाधान गर्न लागेको दाबी गरेका छन्।
नेपालमा श्रम संस्कृतिको क्रान्ति सुरु गरेको, ६ लाख बिरुवा रोपेको, जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ती बालेको लगायतका काम गरेको उल्लेख गरेका छन्।
मेयर हर्क साम्पाङ राईले सय दिनमा गरेको कामकाे विवरण यस्तो छ–
१. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरेँ
२. ४ ठाउँबाट खानेपानीको मूहान थपेँ
३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ
४. ६ लाख विरुवा रोपेँ
५. सरसफाइमा देखिने सुधार ल्याएँ
६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ
७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालेँ
८. बाटो मर्मत संभार तथा टटबन्धन, विपद व्यवस्थापन
९. लागु औषध विरुद्धको अभियान शुरु गरेँ
१०. योजनाहरुका लागि बजेटको जोहो गराएँ
११. पारदर्शी हिसाब किताब सार्बजनिक गरेँ
१२. पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ
१३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ

न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया