'तपाई डन हो?' भन्दै झपारे लगतै डोजर लिएर अल्फाबिटा छिरे बालेन

Breaknlinks
Breaknlinks

काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरस्थित बिजुलीबजारमा रहेको अल्फाबिटाको अवैध सरंचनामा डोजर चलाएको छ।

पार्किङका लागि छुट्याइएको ठाउँमा व्यापारिक प्रयोजनको संरचना बनाएको पाइएपछि महानगरले बिहीबार डोजर चलाएको हो।



अवैध संरचना हटाउँदै हिँडेका मेयर बालेनलाई अल्फाबिटाका घरधनीले झपारे

काठमाडौं मलका व्यापारी भन्छन्–महानगरले गरेको नोक्सानी कसले बेहाेर्छ ? 

अवैध संरचना हटाउनका लागि काठमाडौँ महानगरले यसअघि ३५ दिने सूचना जारी गरेको थियो। उक्त सूचनाको बेवास्ता गरेपछि महानगरका मेयर बालेन शाह बिहीबार अल्फाबिटा पुगरे अनुगमन गरेका थिए।

अल्फा हाउसको पार्किङ गर्नका लागि बनाइएको स्थानमा ‘अल्फा केयर फार्मेसी’ सञ्चालन गरिएको छ। उक्त संरचना नभत्काएको पाइएपछि मेयर बालेनकै नेतृत्वमा गएको महानगरको टोलीले अल्फाबिटाको अवैध संरचना भत्काएको हो।

अनुगमनमा पुगेका बालेन र अल्फाबिटाका घरधनीबीच चर्काचर्कीसमेत परेकाे थियाे। सो भवनको नक्सासमेत बाेकेर आएका मेयर शाहले नियमविपरीत बनेका संरचनामा डोजर चलाएका हुन्।

काठमाडौं महानगरपालिकाले मंगलबारदेखि काठमाडौंका विभिन्न स्थानमा अवैध रूपमा बनाएका संरचनाहरू भत्काउँदै आएको छ। 

प्रकाशित मिति: : 2022-08-25 17:56:00

प्रतिकृया दिनुहोस्