
महेश नेपाली
जुम्लाकाे चाैधबीस क्षेत्रकाे तिर्खु गाउँमा छायांकन गरिएकाे फिल्म प्रकाशले राम्राे प्रतिक्रिया पाएकाे छ। छिटपुट आलोचना पनि खेपेकाे फिल्ममा खस जुम्ली भाषा प्रयाेग गरिएकाे छ। तर हल सञ्चालकले भने भाषा नबुझेर धेरै दर्शकले नहेर्ने भन्दै चलचित्र प्रक्राशलाई प्रयाप्त समय दिन मानिरहेका छैनन्।
यसैबीच आञ्चलिकताकाे अपमान गरेकाे भन्दै जुम्लामा प्रदर्शन भएकाे छ। जुम्ली युवाहरुले भाषा र भुगाेलकाे अपमान गरेका भन्दै जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल चलचित्र संघ, चलचित्र विकास बाेर्ड, सूचना तथा संचार मन्त्रालय र संस्कृति, पर्यटन मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
कर्णालीकाे कथालाई चलचित्र प्रकाशले समेटेर फिल्मकाे दायरा फराकिलो बनाएकाे भनि खुसी हुनुपर्नेमा उल्टै हल संचालनकहरुले समय उपलब्ध नगराएर अपमान गरेकाे प्रदर्शनीमा आएकाे युवा तथा कलाकार धनराज सुनारले बताए।
'याे हाम्राे भाषा, संस्कृति, कला, साहित्य र संस्कारकाे अपमान हाे,' उनले भने, 'हाम्राे लवज, बाेली, भेसभुसा, चालचलन सबैकाे अपमान गर्नु हाे। यस्ताे अपमानपूर्ण व्यवहारकाे विराेध गर्न हामीले प्रदर्शन गरेका हाैं।'
उनीहरुले बुझाएकाे ध्यानाकर्षण पत्रमा सभ्यताकाे विकास गरेकाे भूगाेलकाे अपमान गर्नुले कर्णालीलाई हेर्ने सहरिया नजर नफेरिएकाे भनी विराेध गरिएकाे छ।
ध्यानाकर्षण पत्रमा भनिएकाे छ, 'भाषा र सभ्यताकाे उद्गम थलाे हाे, जुम्ला। यहीँबाट विकास भएकाे भाषा अहिले नेपालका बहुमत जनताकाे माध्यम भाषा बनेकाे छ भने सरकारी कामकाजकाे भाषा पनि यही नै हाे। राज्यले अंगालेकाे भाषा र भाषा उत्पति भएकाे स्थानमै पुगेर छायांकन गरि यहीँकाे संस्कार र संस्कृतिलाई विश्व समुदायमाझ पुर्याउन निर्माण गरिएकाे चलचित्र 'प्रकाश' लाई भाषाकाे कारण देखाई नेपालका हलहरुले समय उपलब्ध नगराएकाे खबरप्रति कर्णालीबासीकाे गम्भीर ध्यानाकर्षण भएकाे छ। यतिमात्र नभई फिल्म हल संचालकहरु प्रदर्शन गरेकाे नियतले भाषा र सभ्यता उत्पत्ति स्थलकाे अपमान गरकाे महसुस गर्दै यस्ताे कार्यकाे घाेर निन्दा गर्दछाैं।'
प्रदर्शनीमा उत्रिएका युवाहरुले कर्णालीका नकारात्मक बिम्बहरु बनाएर सधैंभरी हेय भावले हेरिनु असैह्य भएकाे प्रतिक्रिया दिएका छन्।
'कर्णाली सुन्ने बित्तिकै अभाव र गरिबीकाे पर्याय ठान्ने, जुम्ली सुन्ने बित्तिकै फाेहाेरकाे चित्र निर्माण गर्ने, तर भाषा, कला, साहित्य, संस्कार, संस्कृति र सभ्यता जस्ता सुन्दर पक्ष बिर्सेर सत्ताकाे मानसिकताबाट चलेकै कारण हल संचालकहरुले कर्णालीकाे वास्तविकतालाई ठूलाे पर्दामा देखिने गरि निर्माण गरिएकाे चलचित्र प्रकाश प्रदर्शनीका निम्ति समय उपलब्ध नगराउन रुग्ण मानसिकताकाे पराकाष्ठा हाे,' उनीहरुले भने।
ध्यानाकर्षण पत्रमा प्रकाश फिल्मले उठान गरेकाे जुम्लाकाे विषयवस्तु र प्रवर्द्धन गर्ने खाेजेकाे संस्कृति, भाषा र साहित्यलाई अपमान गरिनु आगामी दिनमा कर्णाली जस्ताे विकट ठाउँमा चलचित्र निर्माण गर्न चाहने निर्माताहरुका लागि ढाेका बन्द भएकाे भनी टिप्पणी गरिएकाे छ।
उक्त मानसिकताले कर्णालीकाे उपेक्षा गरेकाे भन्दै ध्यानाकर्षण पत्रमा उल्लेख गरिएकाे छ, 'यहाँकाे प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता, धार्मिक बहुलता, भाैगाेलिक विकटता सबैकाे उपेक्षा गरेकाे छ। केन्द्रीकृत सत्ताले जसरी नै कर्णालीकाे मानमर्दन गर्ने काम नेपालकाे सहरी क्षेत्रमा निर्माण गरिएका फिल्म हल सञ्चालकहरुले गरेका छन्।'
ध्यानाकर्षण पत्रमा हल संचालकहरुले कला, संस्कृति, जनजीवन र उसले विकास गरेकाे भाषा साहित्यकाे विकासकाे महत्त्वलाई गाैण ठानेर नाफा मात्रै प्रमुख ठान्ने एकसुरे मानसिकताकाे विराेध गरिएकाे छ। युवाहरुले सन् २००८ मा सम्पन्न ओलम्पिक खेलमा चार हजार वर्ष पुरानाे एउटा सांस्कृतिक झाँकी गरेर चीनले विश्व समुदायलाई संस्कृति संरक्षणकाे पाठ सिकाएकाे उदाहरण दिएर हल संचालकले सांस्कृतिक विविधता अपमान गरेकाे भनी विराेध गरेका हुन्।
उनीहरुले भने, 'आज पनि कर्णालीले आफ्नाे संस्कृति बचाएर राख्न सकेकाेमा गर्व गर्छ। 'प्रकाश' फिल्म निर्माता समूहले यसकाे प्रवर्द्धनका निम्ति जाेखिम माेलेर खेलेकाे भूमिका प्रशंसनीय ठान्दै निर्माण पक्ष र यहाँकाे विषयवस्तुलाई रुचिकर ठानी सिक्न जागरुक कलाकारप्रति आभार प्रकट गर्दछ। यस्ताे महत्त्वपूर्ण विषयवस्तु समेटेकाे चलचित्र 'प्रकाश'लाई भाषाका कारण प्रदर्शनीका निम्ति समय नदिदा समेत चुप लाग्ने चलचित्र विकास बाेर्डकाे ध्यानाकर्षण गराउन चाहन्छौं।'
ध्यानाकर्षण पत्रकाे अन्तिममा थपिएकाे छ, 'आञ्चलिकतालाई महत्त्व दिएर निर्माण गरिएकाे चलचित्र 'प्रकाश'लाई विशेष फिल्नकाे मान्यता दिन चलचित्र विकास बाेर्डलाई कर्णालीकाे अनुराेध छ। साथै ओस्कर अवार्डका निम्ति मनाेनयमा राख्न समेत माग गर्दै ध्यानाकर्षण गराउँदछाैं। अन्यथा कर्णालीले आफ्नाे अस्तित्वका लागि, भाषा र सभ्याका खातिर चलचित्र वसकास बाेर्ड र हल संचालक विरुद्ध कडा भन्दा कडा संघर्षकाे विकल्प रहने छैन।'
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया