प्रतिस्णा रेग्मी
बलात्कारकाे आरोप लागेका नेपाली राष्ट्रिय क्रिक्रट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरूद्ध पक्राउ पूर्जी जारी भएकाे हप्ता दिन पुग्न लाग्याे। तर, क्रिकेट खेल्ने सिलसिलामा जमैकामा रहेका उनी कहिले नेपाल फर्किएलान् भनेर प्रहरीले प्रतीक्षा गरिरहेकाे छ।
एक १७ वर्षीय नाबालिगलाई बलात्कार गरेको आरोपमा भदाै २१ गते सन्दीपविरूद्ध प्रहरीमा उजुरी परेकाे थियाे। सन्दीपकाे फ्यान रहेकाे बताउने ती किशाेरीले भदाै ५ गते सन्दीपले काठमाडाैँकाे हाेटेलमा लगेर बलात्कार गरेकाे आराेप लगाएकी थिइन्।
आफूविरूद्ध उजुरी परेपछि सन्दीपले भदाै २४ गते नै नेपाल फर्किन लागेकाे सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए भने नेपाल क्रिकेट संघ (क्यान) सँग पनि नेपाल फर्किनकाे लागि विमानस्थल पुगेकाे बताएका थिए। तर, याे जानकारी गराएकाे पाँच दिन बितिसक्दा पनि उनी न त नेपाल फर्किएका छन्, न त प्रहरी र क्यानकाे सम्पर्कमा छन्।
‘सन्दीप अहिले कहाँ छन्, हामीलाई थाहा छैन। हामी पनि अचम्ममा परेका छाैँ कि जमैकाकाे विमानस्थलबाट फाेन गरेर नेपाल फर्किँदै छु भनेका उनी कहाँ गए ? अहिले हाम्राे सम्पर्कमा छैनन्,’ क्यानका सचिव प्रशान्त मल्लले बिएल नेपाली सेवासँग भने।
सन्दीप पाँच दिनसम्म नेपाल नफर्किएपछि केहीले त उनी भागेकाे आशंका समेत गरेका छन्। सामाजिक सञ्जालमा यसबारे चर्चा भइरहेकाे छ। ‘बाहिर जस्तो समाचार आएपनि उनी भाग्छन् जस्तो लाग्दैन्। क्यानले पनि उनलाई सम्पर्कमा ल्याउन प्रयास गरिरहेको छ तर हालको अवस्थमा उनी कता छन् र नेपाल कहिले आउँछन भनेबारे हामीलाई पनि थाहा छैन्,’ सचिव मल्लले भने।
त्यस्तै सन्दीपबारे नेपाल प्रहरी पनि अनविज्ञ रहेकाे पाइएकाे छ। प्रहरी सन्दीप कहिले नेपाल फर्किएलान् भनेर प्रतीक्षा मात्रै गरिरहेकाे छ। ‘सन्दीप हाल कता छन् र के गर्दै छन् भनेबारे हामीलाई केही जानकारी छैन। हामीलाई उनी केही दिनमा नेपाल आउने जानकारी भएको हो र कहिले आउँदै छन् ? त्यसबारे जानकारी भएको छैन,’ प्रहरी प्रवक्ता डिआईजी टेक राईले भने।
जमैकाबाट नेपाल फर्किन केही ट्रान्जिटहरू पर्ने भएकाेले आज/भाेलिमा उनी नेपाल आउन सक्ने प्रहरीकाे अनुमान छ। यदि केही दिनभित्रमा उनी नेपाल नफर्किए अन्य कदम चाल्ने तयारीमा प्रहरी रहेकाे छ।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया