फलामको पाइप लागेर भक्तपुरमा एक जनाको मृत्यु

symbolic picture
symbolic picture

सूर्यविनायक नगरपालिका ८ जगातीस्थित समानान्तर कंक्रिट (रोडा, बालुवा, सिमेन्ट र केमिकल उत्पादन गरी तयार गर्ने) उद्योगमा काम गर्ने क्रममा फलामको पाइप खसेर लागेपछि एक जनाको ज्यान गएको छ।

ज्यान गुमाउनेमा बर्दिया बारबर्दिया नगरपालिका––७ घर भई सोही उद्योगमा कार्यरत २४ वर्षीय विवेक चौधरी रहेका छन् ।

फलामको पाइपले लागेर घाइते भएका चौधरीको उपचारको क्रममा नागरिक कम्युनिटी टिचिङ अस्पताल गठ्ठाघरमा मृत्यु भएको प्रहरीले जनाएको हो। फलामको पाइप खसेर लाग्दा अर्का एक जना घाइते भएका छन्।

घाइते हुनेमा बर्दिया बारबर्दिया नगरपालिका(७ घर भई सोही उद्योगमा काम गर्ने १९ वर्षीय प्रमोद चौधरी सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

अन्दाजी ३ मिटर लामो कंक्रिट पेल्ने फलामको पाइप बिग्रिएपछि मर्मत गर्ने क्रममा सोही पाइप खसेर दुर्घटना भएको बताइएको छ।

प्रकाशित मिति: : 2022-09-22 22:27:00

प्रतिकृया दिनुहोस्