बिएल संवाददाता
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्।
शर्माले दिउँसो ३ बजेदेखि झण्डै दुई घण्टा शीतल निवासमा भेटवार्ता गरेकाे शीतल निवासनिकट स्राेतले जनाएकाे छ।
सेनापतिले राष्ट्रपति भण्डारीसँग गरेको भेटवार्ताको विस्तृत विवरण हालसम्म सार्वजनिक भएको छैन। तर, नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि उत्पन्न परिस्थिति, आगामी चुनावमा सेना परिचालन,भोलिदेखि फेरि लागि हुने पृतना संरचना र गत साता सैनिक मुख्यालय, भद्रकालीमा भएको चार वटै सुरक्षा अंगका प्रमुखबीचको छलफलबारे कुराकानी भएकाे बताइएकाे छ।
राजनीतिक चर्चासँगै सबैले चासो दिइरहेको सन्दर्भमा भएको राष्ट्रपति र प्रधानसेनापतिको भेटघाटलाई जानकारहरूले अर्थपूर्ण ठानेका छन्।
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया