बिएल संवाददाता
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्।
शर्माले दिउँसो ३ बजेदेखि झण्डै दुई घण्टा शीतल निवासमा भेटवार्ता गरेकाे शीतल निवासनिकट स्राेतले जनाएकाे छ।
सेनापतिले राष्ट्रपति भण्डारीसँग गरेको भेटवार्ताको विस्तृत विवरण हालसम्म सार्वजनिक भएको छैन। तर, नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि उत्पन्न परिस्थिति, आगामी चुनावमा सेना परिचालन,भोलिदेखि फेरि लागि हुने पृतना संरचना र गत साता सैनिक मुख्यालय, भद्रकालीमा भएको चार वटै सुरक्षा अंगका प्रमुखबीचको छलफलबारे कुराकानी भएकाे बताइएकाे छ।
राजनीतिक चर्चासँगै सबैले चासो दिइरहेको सन्दर्भमा भएको राष्ट्रपति र प्रधानसेनापतिको भेटघाटलाई जानकारहरूले अर्थपूर्ण ठानेका छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया