बिएल संवाददाता
फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तशिाली आँधीमा परी कम्तीमा छ जनाको मृत्यु भएको अधिकारीहरुले सोमबार बताएका छन्।
फिलिपिन्सको लुजोन टापुमा आइतबार दिउँसोदेखि भारी वर्षा र हावाहुरीसहित आएको सुपर टाइफुन ‘नोरु’ले सताएको छ। टाइफुन नोरुले रुखहरु, बिजुलीको खम्बा ढालेको र बाढीले पनि सताएको जनाइएको छ।
राजधानी मनिलानजिकै रहेको बुलाकान प्रान्तको सान मिगुएल नगरपालिकामा बाढीपीडित बासिन्दाहरूलाई मद्दत गर्न पठाइएका पाँच उद्धारकर्ताको मृत्यु भएको प्रान्तका गभर्नर ड्यानियल फर्नान्डोले बताएका छन्।
उनीलाई प्रान्तीय सरकारले बाढीग्रस्त क्षेत्रमा तैनाथ गरेको सान मिगुएलका प्रहरी प्रमुख लेफ्टिनेन्ट कर्नल रोमुआल्डो एन्ड्रेसले बताए । सोमबार फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले आँधीबाट प्रभावित मनिलाको उत्तरमा तीन प्रान्तको हवाई निरीक्षण गरेका थिए।
उनले क्षतिको जाँच गर्नको लागि नोरुले आइतवार दिउँसो ल्यान्डफल गरेको क्विजोन प्रान्तको पनि भ्रमण गर्नुहुने अपेक्षा गरिएको छ। नोरु यस वर्ष फिलिपिन्समा प्रवेश गर्ने ११ औं र सबैभन्दा शक्तिशाली आँधी हो।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया