बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो चरणको निर्वाचनमा भोटिङ मेसिनमा सेटिङ गरिएको आरोप लागेको छ।
उम्मेदवारको क्रमसंख्या भताभुंग पारेर मनपरी गरेको असन्तुष्ट उम्मेदवारहरूले आरोप लगाएका छन्।
३८४ उम्मेदवारले विभिन्न क्लस्टरमा उम्मेदवारी दिएकोमा विद्युतीय भोटिङ मेसिनमा भने क्लस्टर नै नराखिएको गुनासो उम्मेदवारहरूको छ। सबैलाई सोलोडोलो एकै क्रममा राखिएको छ।
असन्तुष्ट प्रतिनिधिहरूका अनुसार क्रमसंख्या न वर्णानुक्रम अनुसार राखिएको छ न त वरीयताअनुसार नै।
अझ नो भोटको अभियान चलाएको पार्टीमै उम्मेदवारहरूलाई बाध्यकारी रुपमा मत दिनुपर्ने व्यवस्थाको प्रतिनिधिहरूले खुलेरै विरोध गरेका छन्। उम्मेदवारहरूले आफ्ना प्रतिष्पर्धीलाई नै भोट हाल्नुपरेको गुनासो गरेका छन्। भोट नहाली अगाडि बढ्न नपाइने सिस्टमले जबरजस्ती भोट दिनुपरेको उनीहरूको भनाइ छ।
भोटिङ मेसिनमा पहिलो नम्बरमा डा. स्वर्णिम वाग्लेको नाम राखिएको छ। त्यस्तै दोस्रोमा दोस्रोमो गणेश पराजुली र तेस्रोमा मनिष झाको नाम छ। चौथोमा सोविता गौतम र पाँचौमा विपिन आचार्य छन्। उनीहरू शीर्ष तहकै नेताहरू भएकोले उनीहरूको नाम पहिला राखिएकोमा प्रतिनिधिहरूको गुनासो छैन।
तर, छैठौं नम्बरमा निवर्तमान महामन्त्री कबिन्द्र बुर्लाकोटीभन्दा अघि संगठन विभागका सचिव शंकर श्रेष्ठको नाम राखिएको छ। बुर्लाकोटीलाई ७ नम्बरमा राखिएको छ। आठौंमा क्रान्तिशीखा धिताल, नवौंमा गुणानन्द महतो र दशौंमा शिशिर खनालको नाम छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया