सिट वाँडफाँटका लागि गठबन्धन बैठक आज पनि जारी

फाइल तस्विर
फाइल तस्विर

नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको असहमतिका बिचमा सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक वालुवाटारमा जारी रहेको छ।

आगमी ४ मंसिरका लागि हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी सिट वाँडफाँटका बारेमा अन्तिम प्रयास स्वरुप बैठक जारी राखिएको नेताहरुले बताएका छन।

औपचारिक रुपमा नै जसपा नेपालले सत्तारुढ गठबन्धन भन्दा बाहिर गएर अन्य पार्टीसँग तालमेलको विकल्प खुल्ला गरेर निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ भने नेकपा एसले पनि नेकपा एमालेले जीत हासिल गरेका स्थान भन्दा कम सिट दिएको भन्दै असन्तुष्टी जनाउँदै आएको छ। यी असन्तुष्टीका  बिचमा सत्तारुढ गठबन्धनको बैठक वालुवाटारमा बसिरहेको हो।

एकीकृत समाजवादीले कम्तीमा २५ सिट दाबी गरेको छ। भने जसपाले २२ सिट नपाए गठबन्धन छाडेर अरू दलसँग तालमेल गर्ने चेतावनी दिइरहेको छ।

निर्वाचन आयोगले प्रत्यक्षतर्फको मनोनयन दर्ता २३ असोजलाई तय गरेकोले सत्ता गठबन्धन सहमतिमा जुटाउने कोसिसमा छन्।

प्रकाशित मिति: : 2022-10-06 09:07:00

प्रतिकृया दिनुहोस्