नाइजेरियामा डुङ्गा दुर्घटनामा परी ७६ जनाको मृत्यु

नाइजेरियामा भएको डुङ्गा दुर्घटनामा परेर कम्तीमा पनि ७६ जनाको मृत्यु भएको छ। दक्षिणी सहर अनाम्बरामा डुङ्गा दुर्घटना भएको हो।

नाइजेरियाका राष्ट्रपति मोहम्मदु बुहारीको कार्यालयले  दुर्घटनामा परेर कम्तीमा पनि ७६ जनाको ज्यान गएको र सबै सुरक्षा निकाय तथा उद्धारकर्मीहरुलाई उद्धारका लागि लगाइएको विज्ञप्तिमा जानकारी दिएको छ।

८५ जना यात्रु लिएर गएको डुङ्गा दक्षिणी प्रान्त अनाम्बराको ओग्बुरुमा पुगेर दुर्घटनामा परेको थियो। त्यसमा रहेका अरु यात्रुको उद्धार गरिएको थियो। बाढीका कारण डुङ्गा डुबेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ।

नाइजेरियामा समय समयमा डुंगा दुर्घटना हुने गर्दछ। त्यहाँ विशेषगरी क्षमताभन्दा बढी यात्रु राख्ने गर्नाले डुंगा दुर्घटनामा पर्ने गरेका छन्।

प्रकाशित मिति: : 2022-10-10 13:15:00

प्रतिकृया दिनुहोस्