पशुपति कोष भन्छ– भक्तजनको दानबाट गजुरमा सुनको जलप लगाउँछौँ (भिडियाेसहित)

पशुपति विकास क्षेत्र कोषले पशुपति दर्शन गर्न आउने भक्तजनले चढाएको सामाग्रीहरुलाई पुन बिक्री वितरणमा राखेको छ। 

गत असोज २३ गते पुन उद्घाटन भएको बिक्री कक्ष औपचारिक रुपमा असोज ३१ गतेबाट सञ्चालनमा आएको हो। 

२०७२ सालको विनाशकारी भूकम्पपछि बन्द गरिएकाे बिक्री कक्ष ७ वर्षपछि पुन सुचारूमा आएकाे पशुपतिका प्रवक्ता रेवति रमण अधिकारीले बताए। 

'७२ सालमा आएकाे महाभूकम्पले बिक्री कक्ष बन्द गर्नु पर्याे' बिएल नेपाली सेवासँग उनले भने, 'हामीले बिक्री कक्षबाट संकलन गरेकाे साम्रगीका साथै पैसा भूकम्प पीडितलाई दान गरेका थियाैं।'

पशुपति काेषले भक्तजनहरूलाई मध्यनजर गर्दै बिक्री कक्षकाे पुन: सुरू गरेकाे उनले बताए।

'पशुपति काेषले सुरू गरेकाे बिक्री कक्ष नकारात्मक हाेइन, यसले भक्तजनहरूलाई सहयाेग पुर्याएकाे छ' उनले भने, 'हामीले चढाइएका साम्रगीहरूलाई कम मूल्यमा बेचिरहेका छन्, जसकाे मारमा दर्शनार्थीहरू पर्नु हुँदैन।'

उनका अनुसार पशुपतिमा चढाइएका भेटीहरूलाई व्यवस्थित बनाउनका लागि बिक्री कक्षकाे सुरूवात गरिएकाे हाे। 

पशुपति विकास काेषले बिक्री कक्षबाट सकंलन गरेकाे पैसा के गर्छ?

भक्तजनहरुले चढाएको सामाग्रीबाट भएको आम्दानी पशुपति मन्दिरभित्रकै कार्यमा खर्च हुने कोषले जनाएको छ।

पशुपति मन्दिरमा चढाएको सामाग्रीहरुबाट आएको आम्दानी मन्दिर भित्रका कार्यहरू जस्तै: मन्दिरको जीर्ण अवस्था, शौचालय, खानेपानीको व्यवस्था लगायतमा खर्च गर्ने उनले बताए।

केही दिनअघि मात्र सञ्चालनमा आएको कक्षमा अहिले भक्तजनहरुले चढाएका किताबहरु मात्र उपलब्ध छ। 'अब, बिक्री कक्षमा भक्तजनहरुले चढाउनुभएकाे कपडाहरू धोती, गम्छा, रामनाम र धोतीहरु उपलब्ध हुनेछ।'

भक्तजनहरूले पशुपतिमा चढाएका सुनचाँदीका धातुहरुलाई सिक्का बनाएर  पशुपतिकाे आकृति दिने उनले सुनाए।

'यदी पशुपतिमा सुनचाँदी बढी मात्रमा चढियो भने त्यसको प्रयोग पशुपतिनाथको गजुर मर्मतमा लगाउने र त्यसका साथै सिक्का बनाएर पशुपति मन्दिरकाे आकृति दिने काेषकाे उदेश्य छ' उनले भने।  

'देशभर बिक्री कक्षकाे आलाेचना भए बन्द गर्छाैँ'

पशुपति विकास काेषले बिक्री कक्षलाई पुन: सञ्चालन ल्याएकाे सामाजिक सञ्जालमार्फत जानकारी गराएकाे थियाे। जसकारण सर्वसाधारणले बिक्री कक्षकाे आलोचना गर्दै पशुपति काेषलाई गालीगलाैज गरिरहेका छन्।

'भगवान शिवको प्रसाद' लाई बेचेको भन्दै कोषमाथि धेरै टिप्पणी भइरहेकाे छ। कोषका अनुसार देश व्यापापी रुपमा यसको नकारत्मक असर परे कक्षलाई बन्द गर्ने जनाएको छ।

'जुनसुकै कुरामा पनि राम्रो र नराम्रो पक्ष हुन्छ, त्यसैले कोषमाथि पनि याे विषयलाई लिएर धेरै टिप्पणीहरू भइरहेको छ, यसैगरी नकारात्मक असर परे हामी कक्षलाई तुरुन्तै बन्द गर्ने छाैँ' उनले भने, 'तर याे कक्ष नराम्राे भने हाेइन।' 

जनमत: पशुपतिनाथकाे भेटी बेच्नु ठिक हाे तर भ्रष्टाचार गर्न भएन

प्रकाशित मिति: : 2022-10-21 21:50:00

प्रतिकृया दिनुहोस्