ध्रुब बस्याल
अर्घाखाँचीकाे सन्धिखर्क र सितगङ्गा नगरपालिकामा अवस्थित सुपादेउराली मन्दिर क्षेत्र धार्मीक तथा पर्यटकीयस्थलकाे रूपमा प्रख्यात छ। सन्धिखर्क–गोरुसिङ्गे सडक खण्डमा अवस्थित देवीकाे मन्दिर हाे, सुपादेउराली मन्दिर।
अग्ला महाभारतको बीच अधिक उचाइको भञ्ज्याङमा अवस्थित सुपा मन्दिर कहालीलाग्दो भीमकाय खोँचमा रहेको छ। सयौं फिटमाथिबाट मन्दिरको पूर्वमा खस्ने सुपा खोलाको आकर्षक प्राकृतिक छाँगोले प्रत्येक यात्रुको मन लोभ्याउँछ। तराईको सिरसिरे हावा यही सुपाको छेंडो भएर निरन्तर हिमालतर्फ बतासिने भएकोले सुपा देउराली सदावहार उच्च शिखर मानिन्छ।
सुपादेउराली मन्दिरमा पूजा–आजा गर्न र लाेभलाग्दा पहाडहरूमा घुम्नकाे लागि यहाँ दैनिक सयाैँ पर्यटकहरू आउने गर्छ। अर्घाखाँची, गुल्मी, प्युठान, दाङ, कपिलवस्तु, रुपन्देही, पाल्पालगायत जिल्लासँगै नेपालभरबाट यहाँ पर्यटकहरू आउने गर्छन्। पछिल्लाे समय हामी भारतीय पर्यटकहरूकाे पनि घुइँचाे लाग्न थालेकाे छ। विशेष त भारतकाे उत्तर प्रदेशका हिन्दू धर्मावलम्बीहरू यहाँ दैनिक रूपमा आउने गर्छन्।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत गाेरुसिङ्गेबाट करिब २ घण्टाकाे यात्रा पछि यहाँ पुग्न सकिन्छ। रमणीय पहाडका माथिल्लाे भेगमा पिकनिककाे लागि विभिन्न संरचनाहरू पनि बनाइएकाे छ भने अत्याधुनिक सेवा सुविधासहितकाे हाेटेल तथा रेष्टुरेन्टहरू पनि यहाँ रहेका छन्।





‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया