चुनाव बिथाेल्न मैदानमा उत्रिए नेकपासहितका दलहरु (तस्बिरहरु)

मंसिर ४ हुने आम निर्वाचन बहिष्कार गरेका नेत्रविक्रम चन्द ‘विप्लव’,नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा), विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वकाे वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाललगायत पार्टीहरुले काठमाडाैँकाे शान्तिवाटीकामा भण्डाफाेर सभाकाे आयाेजना गरेका छन्।

बिहीबार दिउँसाेदेखि सुरु भएकाे सभामा नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्ड, वैज्ञानिक समाजवादीका अध्यक्ष आहुतीलगायत नेताहुरुकाे सहभागिता रहेका छ। मंसिर ४ काे निर्वाचन खारेज गरेर नयाँ व्यवस्था ल्याउनु पर्ने उनीहरुकाे माग रहेकाे छ।

तस्बिरहरु:

प्रकाशित मिति: : 2022-11-10 13:53:00

प्रतिकृया दिनुहोस्