ढुक्कसँग भोट हाल्नुहाेस्, सुरक्षा व्यवस्था कडा छः काठमाडौं प्रहरी प्रमुख (भिडियाेसहित)

देशभर यतिबेला सबै क्षेत्रमा मतदान सुरु भएको छ। 

आफूले रूचाएका उम्मेदवारलाई भाेट हाल्नका लागि मतदाताहरू मतदानस्थलमा पुगिसकेका छन्। त्याेसँगै काठमाडौंका प्रमुख जिल्ला अधिकारी धनश्याम उपाध्ययसहित अन्य सुरक्षा शक्ति बिहानबाटै अनुगमनमा लागिसकेका छन्। 

उपाध्यय सहित मुख्य निर्वाचन अधिकारी राजु खतिवडा र एसएसपी  भरत बहादुर बोहोराको टोली बिहान ७ बजेदेखि नै अनुगमनको क्रममा छन्।

सो टोलीले नयाँ बानेश्वरकाे मिनभवन क्याम्पस र बबरमहलको नेपाल टेलिकममा अनुगमन गरेको छ।

'काठमाडौंको ७७१ वटा मतदानस्थलमा बिहान ७ बजेदेखि अनुगमन थालिएकाे छ, मुख्य निर्वाचन अधिकारी र जिल्ला सुरक्षा टोलीले बिहानदेखि अनुगमनमा थालेकाे छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी धनश्याम उपाध्ययले भने।

काठमाडौंका सबै मतदानस्थलमा सुरक्षा व्यवस्था एकदमै राम्रो रहेको र केही समस्या परेमा एडरेस गर्न मेसिन बनाएको उनले बिएल नेपाली सेवालाई बताए। 

सो टोलीले विगत २-३ देखि काठमाडौंका विभिन्न मतदानस्थलमा अनुगमन गरिरहेको थियो। काठमाडौंको मतदानस्थलमा सुरक्षा व्यवस्था एकदमै प्रभावकारी रहेकाे मुख्य निर्वाचन अधिकारी राजु खतिवडाले जानकारी दिए। 

त्यस्तै, प्रहरी परिसर टेकुका एसएसपी भरत बहादुर बोहोरले मतदाताहरुले ढुक्काका साथ मतदाता गर्न पाउने र हरेक क्षेत्रमा सुरक्षा शक्ति एकदमै धेरै भएको बताए। काठमाडौंमा मतदान शान्तिपूर्ण रुपमा सम्पर्ण हुने उनकाे भनाई छ।


 

प्रकाशित मिति: : 2022-11-20 09:40:00

प्रतिकृया दिनुहोस्