बिएल संवाददाता
कतारमा जारी विश्वकप प्रतियाेगिता अन्तर्गतकाे खेलमा फ्रान्सले डेनमार्कलाई पराजित गरेकाे छ।
शनिबार राति स्टेडियम ९७४ मा भएकाे खेलमा फ्रान्सले डेनमार्कमाथि २–१ गाेलकाे जित निकालेकाे हाे। फ्रान्सकाे जितमा दुबै गाेल किलियन एमबाप्पेले गरे।
खेलको ६१औँ मिनेटमा किलियन एमबाप्पेले गोल गर्दै फ्रान्सलाई १–० गोलको अग्रता दिलाएका थिए तर खेलको ६८औँ मिनेटमा डेनमार्कले गोल फर्काउँदै १–१ गोलको बराबरी बनायाे। डेनमार्कका एन्ड्रियास क्रिस्टेन्सेनले गोल गर्दै फ्रान्सलाई बराबरीमा फर्काए।
खेलको ८६औँ मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २–१ गोलको जित दिलाएका हुन्।
यो जितसँगै फ्रान्सले दुई खेलबाट ६ अंक बनाएर विश्वकपको नकआउट चरणमा प्रवशे गरेको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया