मोटरसाइकल दुर्घटना एकको मृत्यु

File Photo
File Photo

तेह्रथुमको म्याङलुङस्थित दशगते पार्क क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

को२१प ४२२८ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा फेदाप गाउँपालिका २ ओयाक्जुङका चन्द्रबहादुर लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक छे फिङजो भोटेले जानकारी दिए।

मोटरसाइकल अनियन्त्रित भएर पिल्लरमा ठोकिदा दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि धरान लैलाने क्रममा बाटोमै मृत्यु भएको हो।

प्रकाशित मिति: : 2022-11-27 09:57:00

प्रतिकृया दिनुहोस्