विश्वकप जित्ने मेस्सीकाे अन्तिम मौका

Sportsmax
Sportsmax

फिफा विश्वकपमा दुई पटक विश्वकप उपाधि जित्न राष्ट्र हो, अर्जन्टिना। सन् १९७८ र १९८६ मा अर्जन्टिनाले विश्वकप जितेको थियो।

सन् १९३०, १९७८ र २०१४ को उपविजेता समेत रहेको अर्जेन्टिनाले आज समूह चरणको अन्तिम खेल पोल्याण्डसगँ खेल्दै छ। कतारमा जारी २२ औँ संस्करणको विश्वकप फुटबलमा अर्जेन्टिनालाई यसपटक नकआउट चरणमा समेत पुग्न गाह्राे छ।  

अर्जेन्टिनाले आफ्नो पहिलो खेल एसियाली राष्ट्र साउदी अरेबियासँग खेलेकाे थियो, जसमा अर्जेन्टिना साउदीसँग २–१ ले हारेको थियो। अर्जेन्टिना फुटबल इतिहासमा यसअघि समूह चरणको पहिलो खेलमा कहिले हारेको थिएन्। त्यस्तै अर्जेन्टिनाले आफ्नो दोस्रो खेल मेक्सिकाेसँग खेलेकाे थियाे। जसमा अर्जेन्टिनाले मेक्सिलाई २–० ले हराएकाे थियाे।

फिफा वरीयताको तेस्रो नम्बरमा रहेको अर्जेन्टिना ५० औँ स्थानमा रहेको साउदीसँग हार्दा संसारभर अर्जेन्टिनाको आलोचना भइरहेको छ।   

नकआउट चरणमा पुग्न आज अर्जेन्टिनाले पोल्याण्डलाई हराउनु पर्ने हुन्छ, यदि अर्जेन्टिनाले आजको खेल हारेमा अर्जेन्टिनाको विश्वकप यात्रा यही टुङगिने छ। 

सन् १९७८ को विश्वकपमा अर्जेन्टिना–

अर्जेन्टिनाले विश्वकपको पहिलो उपाधि सन् १९७८ मा जितेको थियो। घरेलु मैदानमा अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई ३–१ ले पराजित गरेर उपाधिलाई आफ्नो नाम दिएको थियो। 

अर्जेन्टिना त्योबेला पाँचौँ राष्ट्र्र थियो, जसले आफ्नो घरेलु मैदानमा मै उपाधि जित्यो। सन् १९७८ को विश्वकपमा अर्जेन्टिनाका मरिओ, केम्पिसले गोल्डने बल र गोल्डने बुट अवार्ड पाए भने अर्जेन्टिना टिमले फिफा फेयरु प्लेर अवार्ड समेत जितेकाे थियो। 

सन् १९८६ विश्वकपमा अर्जन्टिना–

सन् १९८६ मा मेक्सिकोले आयोजना गरेको विश्वकपमा अर्जेन्टिना दोस्रो पटक विश्वकप विजेता बनेको थियो। 

विश्वको एक प्रख्यात र प्रिय खेलाडी डिगो म्यारोडोनाको कप्तानीमा अर्जेन्टिनाले विश्वकप जितेको हो। अर्जेन्टिनाले दक्षिण जर्मनीलाई ३–२ ले पराजित गरि विश्वकप जितेको थियो। त्यसबेला अर्जेन्टिना खेलाडी म्यारोडोना विश्वको उत्कृष्ट खेलाडीको सूचीमा पर्न सफल भएका थिए। उनलाई हालसम्म पनि हयान्ड अफ गड भनेर चिनिन्छ। 

विश्वमा धेरै फ्यान बटुलेको अर्जेन्टिनाले सन् १९३०, १९९० र २०१४ को विश्वकप उपविजेता समेत बन सफल भएको थियो। सन् १९०० मा अर्जेन्टिनाका प्रख्यात खेलाडी म्यारोडोना थिए भने अहिले अर्जेन्टिनाको कप्तान लियोनल मेस्सी माथि धेरैको आश छ। 

मेस्सीको कप्तानीमा अर्जेन्टिनाले सन् २०१४ को विश्वकपको फाइनलमा जर्मनीसगँ हारेर उपविजेता मै सिमित भयो। त्यस्तै यसभन्दा अघिल्लो संस्करणमा अर्जेन्टिना नकआउट चरणबाट बाहिरिएको थियो।

अर्जेन्टिनाले आफ्नो पहिलो खेल एसियाली राष्ट्र्र साउदी अरेबियासँग खेलेकाे थियो, जसमा अर्जेन्टिना साउदीसँग २–१ ले हारेको थियो। अर्जेन्टिना फुटबल इतिहासमा यसअघि समूह चरणको पहिलो खेलमा कहिले हारेको थिएन। त्यस्तै अर्जेन्टिनाले आफ्नो दोस्रो खेल मेक्सिकोसँग खेल्यो। जहाँ अर्जन्टिनाले मेक्सिलाई २–० ले हरायाे। 

यसपटक भने अर्जेन्टिनालाई नकआउट चरणमा पुग्न पनि हम्मेहम्मे परेको छ। आफ्नो पहिलो खेलमा साउदी अरेबियासँग हारेपछि अर्जेन्टिनामाथि विश्वभर  आलोचना भइरहेको छ। 

अर्जेन्टिनाले आज 'गर या मर' खेल खेल्नै पर्छ। यता पोल्याण्ड पनि आज अर्जेन्टिनासँग जितको प्रतिक्षामा छ। पोल्याण्डले पनि यसअघि एक खेल जितेको थियो भने अर्काे खेलमा बराबरीमा टुङगिएकाे थियाे। 

मेस्सीको यो विश्वकप अन्तिम विश्वकप हो, उनी सन् २०२६ मा हुने विश्वकपमा देखा पर्ने छैनन्। मेस्सीको एउटै चाहाना छ–आफूले आफ्नो देशका लागि विश्वकप जित्ने। 

२०१४ को फाइनलमा पुगेपनि पराजित भएको अर्जेन्टिना यसपालि जितको खोजीमा छ। 

अर्जन्टिना तथा मेस्सीको फ्यानहरुले मेस्सीको अन्तिम विश्वकप अर्जेन्टिनाको नाममा भएको हेर्न चाहन्छन्। आज हुने निर्णयक खेलबाट अर्जेन्टिनाको विश्वकप यात्राको टुङगाे लाग्ने छ। 

प्रकाशित मिति: : 2022-11-30 13:39:00

प्रतिकृया दिनुहोस्