बिएल संवाददाता
शुक्रबार राति प्रहरी पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन्।
सञ्चारमन्त्री विक्रम तिमल्सिनाले पक्राउ परेका सबै पत्रकारहरू रिहा भएको जानकारी गराए।
‘पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन्। सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ। प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन्,’ उनले भनेका छन्।
एकैपटक पत्रकारहरू पक्राउ गर्न थालेपछि प्रधानमन्त्री बालेन्द्र शाहले पत्रकारहरूमाथि धरपकड नगर्न र पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न ठाडो निर्देशन दिएका थिए।
शुक्रबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले समाचार लेखेकै भरमा विभिन्न मिडियाका पत्रकारहरूलाई पक्राउ गरेको थियो। केही पत्रकारहरू पक्राउका लागि सादा पोशाकका प्रहरी परिचालन गरिएको थियो।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया