
बिएल संवाददाता
बेलायतमा ७० प्रतिशतभन्दा बढी पानी उद्योग विदेशी लगानी फर्महरू र कर हेभन्समा रहेका व्यवसायहरूको स्वामित्वमा रहेको एक प्रतिवेदनले जनाएको छ।
प्रतिवेदनले कम्तीमा ७२ प्रतिशत उद्योग १७ देशका फर्महरूद्वारा नियन्त्रित रहेको खुलासा गरेको छ भने बेलायती फर्महरूको स्वामित्व १० प्रतिशत रहेको छ।
देशको आधारमा अमेरिकी लगानी फर्महरूको कुल बेलायती पानीको लगभग १७ प्रतिशत स्वामित्व छ। गार्जियनका अनुसार क्यानाडा र अष्ट्रेलियाली कम्पनीहरू बेलायतको पानीमा दोस्रो र तेस्रो ठूलो समग्र लगानीकर्ता हुन्।
ढल निकास, चुहावट र पानीको अभावमा पानी उद्योग जिम्मेवार हुन बेलायती राजनीतिज्ञले आह्वान गरिरहेका बेला प्रतिवेदन सार्वजनिक भएको हो। कुल ६ वटा खानेपानी कम्पनीहरु गैरकानूनी गतिविधिमा संलग्न रहेको आशंकामा अनुसन्धान भइरहेको छ।
बेलायती सरकारले कम्पनीहरूलाई २५ वर्षमा कच्चा ढल निकासको मात्रालाई तीब्र ओभरफ्लोबाट जलमार्गहरूमा कम गर्न ५६ अर्ब पाउन्ड खर्च गर्न आदेश दिएको थियो।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया