यी उम्मेदवार जसले झिनाे मतान्तरले चुनाव हारे

चुनाव हाे, एक मतले पनि जित हार तय हुन्छ। फराकिलाे मतान्तरले हार्नेलाई त खासै फरक नपर्ला तर जितकाे मुखमा पुगेर जित्दा जित्दै हार्नुकाे नमिठाे अनुभव कस्ताे हुन्छ ? त्याे त झिनाे मतान्तरले हार्नेलाई बाहेक अरुलाई के थाहा।

हाे, यस्तै भएकाे छ भर्खरै सम्पन्न आम निर्वाचनमा। याे निर्वाचनमा कसैले ३४ हजारभन्दा बढी मतान्तरले जिते भने कसैले मात्र ४६ मतले हारेकाे नमिठाे स्वाद चाखेका छन्।

झिनाे मतान्तरले चुनाव हार्ने १० उम्मेदवारहरु:

पाँचथरबाट नेपाली काँग्रेसका उम्मेदवार भीष्मराज आङदेम्वे नेकपा (एमाले)का उम्मेदवार वसन्तकुमार नेम्वाङ्गसँग मात्र ४६ मतले पराजित भए।

नेम्वाङ्गले ३२ हजार १३५ मत पाउँदा आङदेम्वेले ३२ हजार ८९ मत पाए। आङदेम्वे प्रतिनिधिसभा निर्वाचन २०७९ मा सबैभन्दा कम मतान्तरले पराजित हुने उम्मेदवार बनेका छन्।

सुनसरी क्षेत्र नम्बर ४ बाट एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियैत काँग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीसँग मात्र ११२ मतले पराजित भए। कार्कीले ३० हजार ४८३ मत पाउँदा कुसियैतले ३० हजार ३७१ मत पाए।

इलाम क्षेत्र नम्बर २ बाट काँग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का एमालेका सुवासचन्द्र नेम्वाङ्गसँग मात्र ११४ मतले पराजित भए। नेम्वाङ्गले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत पाए।

धनुषा क्षेत्र नम्बर ४ बाट काँग्रेसका उम्मेदवार महेन्द्र यादव एमालेका  रघुवीर महासेठसँग मात्र १२४ मतले पराजित भए। महासेठले ३२ हजार २३६ मत पाउँदा यादवले ३२ हजार ११२ मत पाए।

काठमाडौं क्षेत्र नम्बर १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्र काँग्रेसका प्रकाशमान सिंहसँग मात्र १२५ मतले पराजित भए। सिंहले ७ हजार १४३ मत पाउँदा मिश्रले ७ हजार १८ मत पाए।

बर्दिया क्षेत्र नम्बर २ बाट  नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सुरेश पन्थ स्वतन्त्र उम्मेदवारी दिएका निलम्वित सांसद रेशमलाल चौधरीका बुबा लालवीर चौधरीसँग मात्र १३६ मतले पराजित भए। चौधरीले २६ हजार ५२० मत पाउँदा  पन्थले २६ हजार ३८४ मत पाए।

धनुषा क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार उमाशंकर अरगरिया काँग्रेसका रामकृष्ण यादवसँग मात्र १५७ मतले पराजित भए। यादवले २० हजार ११२ मत पाउँदा अरगरियाले १९ हजार ९५५ मत पाए।

पर्सा क्षेत्र नम्बर ३ बाट काँग्रेसका उम्मेदवार सुरेन्‍द्रप्रसाद चौधरी एमालेका राजकुमार गुप्तासँग मात्र १६७ मतले पराजित भए। गुप्ताले २४ हजार ३१९ मत पाउँदा चौधरीले २४ हजार १५२ मत पाए।

दैलेख क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार लक्ष्मीप्रसाद पोखरेल काँग्रेसका दिक्पालकुमार शाहीसँग मात्र १६७ मतले पराजित भए। शाहीले २० हजार १८३ मत पाउँदा पोखरेलले २० हजार १६ मत पाए।

दाङ क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार शंकर पोख्रेल माओवादी केन्द्रकी रेखा शर्मासँग मात्र १९३ मतले पराजित भए। शर्माले २६ हजार ८८० मत पाउँदा पोख्रेलले २६ हजार ६८७ मत पाए।

प्रकाशित मिति: : 2022-12-04 21:15:00

प्रतिकृया दिनुहोस्