हिमाल खबर
गठन भएको ६ महीना नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाएको मतलाई कतिपयले अप्रत्यासित भनेका छन् त कतिले नयाँ वैकल्पिक शक्तिको उदय। यति छोटो अवधिमा कुनै पनि राजनीतिक पार्टीले प्रत्यक्षतर्फ १६५ मध्ये सात स्थान तथा समानुपातिकतर्फ १०.७ प्रतिशत मत पाउनु चानचुने होइन। जबकि, वर्षौ अघि खुलेका दर्जनौ दलले एक स्थान जित्नु त परको कुरा देशभरि पाएको मत जोड्दा पनि १० हजार कटाउँन हम्मेहम्मे परेको देखिन्छ।
यो चुनावले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पनि राष्ट्रिय दलको रुपमा स्थापित गरेको छ। तर, राप्रपा पुरानै दल भएकाले यसको भन्दा बढि चर्चा रास्वपाकै छ।
आम निर्वाचनबाट कुनै पनि दलको बहुमत आउने सकेन। नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सहितको वाम-लोकतान्त्रिक गठबन्धन सहज बहुमतबाट चुकेको छ। प्रत्यक्ष्यतर्फ १० स्थान जितेको नेकपा (एकीकृत समाजवादी)ले समानुपातिकतर्फ ‘थ्रेसहोल्ड’ कटाउन सकेन।
उता जनता समाजवादी पार्टी र राप्रपासँग केही सिटमा तालमेल गरेकाे नेकपा (एमाले)ले बहुमत नजिक पनि पुगेन। यस्तोमा सरकार गठनमा रास्वपाकाे मत महत्त्वपूर्ण हुने देखिन्छ। रास्वपाकाे भूमिका कस्ताे हुन्छ अहिले नै भन्न सकिदैन।
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया