बिहिबार, ३१ जुलाई २०२५

छोराको सम्झनामा २८ वर्षदेखि पुस्तकालय रूँगिरहेका बाबु

सेतोपाटी

सेतोपाटी

संगीता गिरी
News Image
• • •

किम्फ विशेष

धरानको व्यस्त बजारमा एउटा पुरानो पुस्तकालय छ- विमल स्मृति पुस्तकालय।

उक्त पुस्तकालयमा जीवनको आठ दशक पार गरिसकेका सेनाका पूर्व कप्तान पूर्णबहादुर गुरूङको दैनिकी मात्र होइन, जीवन नै बितिरहेको छ।

२८ वर्ष भयो, उनी बिहान ४ बजे पुस्तकालय पुगिरहेका छन्। कति रात पनि उनले पुस्तकालयमै बिताएका छन्।

यो पुस्तकालयको नाम उनको छोरा विमलको सम्झनामा राखिएको हो। विमलको बस दुर्घटनामा मृत्यु भएको थियो। पूर्णबहादुरले छोरालाई समर्पित गर्दै पुस्तकालय खोलेका हुन्।

शुक्रबार, मंसिर २३, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)