सबै हारेको निर्वाचन तर देशले हार्न नपरोस् !

लोकान्तर

सुरेन्द्र नेपाल श्रेष्ठ
lokantar
lokantar

विभिन्न शंका–उपशंकाबीच नेपालमा ३ वटै तहको आवधिक निर्वाचन संम्पन्न भएको छ। अहिले विशेषतः प्रतिनिधि सभाको निर्वाचनमा केन्द्रित रही विभिन्न प्रकारका टीका टिप्पणीहरू हुने गरेको देखिन्छ। केन्द्रीय सरकारको निर्माण तथा विभिन्न संवैधानिक निकाय प्रमुखहरूको निर्वाचन समेत यही परिणाममा आधारित हुने भएको कारण पनि यसको बढी चर्चा हुनु स्वाभाविक हो।

अहिले मुख्यतः माओवादी पार्टीले सर्वस्व गुमाएको र राष्ट्रिय स्वतन्त्र पार्टीले संसार जितेको जस्तो प्रचार भइरहेको छ। पत्रपत्रिका र सामाजिक सञ्जाल जताततै यिनै विषयलाई महत्त्व दिएको देखिन्छ। यसको एउटा ज्वलन्त उदाहरण अन्तिम परिणाम आउनु पूर्व नै माओवादीलाई १७ हजारको हत्या आरोप, जनयुद्ध शुरू गरेको १७ वर्षपछि संसद्मा १७ प्रतिनिधि पठाउन सकेको जस्ता आत्मरतिमा रमाएको देखिनु हो। अहिले दोलखाको निर्वाचन माओवादीको पक्षमा थपिएपछि यो मिथकले काम गर्न छाडेको छ। 

प्रकाशित मिति: : 2022-12-11 07:10:00

प्रतिकृया दिनुहोस्