हिमाल खबर
उन्नाइसौं शताब्दी यूरोपको थियो‚ बीसौं शताब्दी अमेरिकाको। अब एक्काइसौं शताब्दी एशियाको हुँदै छ। उदाउँदो एशियाको उथलपुथल र राष्ट्रहरूबीचको गठबन्धनबारे सिंगापुरका कूटनीतिज्ञ एवं एशियाली मामलाका जानकार किशोर किशोर महबुबानीले दी एशियन ट्वेन्टीफर्स्ट सेन्चुरीमा चर्चा गरेका छन्।
विश्वको सबैभन्दा धेरै जनसंख्या रहेको महादेश एशियाले विश्वमा आर्थिक हैसियत पनि राख्दछ। जसमध्ये चीन पनि एक हो। त्यसैले महबुबानीले आफ्नो पुस्तकमा चीनको उदयलाई केन्द्रमा राखेका छन्। चीनको उदयले एशियामा नयाँ विश्व व्यवस्थाको खाका कोरिंदै गएको उनको विश्लेषण छ।
चीन एशिया प्रशान्त क्षेत्रबाट अमेरिकालाई उछिनेर ताइवानलाई एकीकरण गर्न चाहन्छ। यस्तै‚ दक्षिणतर्फ जलमार्गको सुरक्षा साथै पूर्वीतर्फ रहेका टापु विवादमा चीन आफ्नो वर्चस्व कायम राख्न चाहन्छ।
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया