हिमाल खबर
२०७९ पुस १० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि ३१ महीनादेखि बन्द रहेको नेपाल-चीन रसुवागढी नाका चिनियाँ सरकारले खुला गर्यो। चीनले रसुवागढी सहित नेपालसँगका नाका कोभिड-१९ को कारण देखाएर बन्द गरेको थियो।
चीनमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन बीएफ–७ को संक्रमण बढिरहेका वेला नाका खुला हुने नेपाली सरकारी अधिकारी तथा व्यापारीहरूले अपेक्षा गरेका थिएनन्। तर‚ यही वेला चीनले नेपालसँगको नाका खुला गरेको छ।
नाका अकस्मात् खुला गरिएको जस्तो लागे पनि यो चीनको योजना अनुसार नै भएको परराष्ट्र मामिलाका जानकार पूर्व राजदूत हिरण्यलाल श्रेष्ठ बताउँछन्। चिनियाँ नागरिक पनि नाका खुला हुनुपर्ने पक्षमा रहेकाले नेपालसँगका नाकाहरू खुला गरिएको उनको भनाइ छ।
“पहिले चीनसँग बाह्रै महीना व्यापार हुने गरेको हो, सबै नाका बन्द गर्दा आर्थिक हानि हुन्छ। हाम्रो चाहना पनि नाका खुलोस् भन्ने थियो‚” उनी भन्छन्।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया