हिमाल खबर
२०७९ पुस १० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि ३१ महीनादेखि बन्द रहेको नेपाल-चीन रसुवागढी नाका चिनियाँ सरकारले खुला गर्यो। चीनले रसुवागढी सहित नेपालसँगका नाका कोभिड-१९ को कारण देखाएर बन्द गरेको थियो।
चीनमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन बीएफ–७ को संक्रमण बढिरहेका वेला नाका खुला हुने नेपाली सरकारी अधिकारी तथा व्यापारीहरूले अपेक्षा गरेका थिएनन्। तर‚ यही वेला चीनले नेपालसँगको नाका खुला गरेको छ।
नाका अकस्मात् खुला गरिएको जस्तो लागे पनि यो चीनको योजना अनुसार नै भएको परराष्ट्र मामिलाका जानकार पूर्व राजदूत हिरण्यलाल श्रेष्ठ बताउँछन्। चिनियाँ नागरिक पनि नाका खुला हुनुपर्ने पक्षमा रहेकाले नेपालसँगका नाकाहरू खुला गरिएको उनको भनाइ छ।
“पहिले चीनसँग बाह्रै महीना व्यापार हुने गरेको हो, सबै नाका बन्द गर्दा आर्थिक हानि हुन्छ। हाम्रो चाहना पनि नाका खुलोस् भन्ने थियो‚” उनी भन्छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया