बिएल संवाददाता
विश्वप्रख्यात फुटबलर लियाेनल मेस्सी र क्रिस्टियानो रोनाल्डो आम्नेसाम्ने हुने भएका छन्।
अन्तर्राष्ट्रिय समाचार संस्था एपीएफका जनाएअनुसार मेस्सी सहभागी पेरिस सेन्ट जर्मेन (पिएसजी) र राेनाल्डाे सहभागी अल नासरबीच यही जनवरी १९ मा मैत्रीपूर्ण प्रतिस्पर्धा हुने भएकाे हाे। पिएसजीले साउदीका दुई क्लब अल हिलाल र अल नासरसँग प्रतिस्पर्धा गर्न लागेकाे एपीएफले जनाएकाे छ।
विश्वका दुई स्टारबीच हुने साे प्रतिस्पर्धालाई निक्कै महत्वका साथ लिइएकाे छ। गत डिसेम्बरमा कतार भएको फिफा विश्वकपको उपाधि जितेपछि मेसी गत साता पिएसजीमा पुन: फर्किएका थिए। भने, रोनाल्डोलाई विश्वकपपछि साउदीकाे अल नासरले अनुबन्धन गरेकाे छ।
साउदीको रियादका क्लब अल हिलाल र अल नासर साउदी अरेबियाका दुई सबैभन्दा सफल क्लब हुन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया