बिहिबार, ३१ जुलाई २०२५

ओलीसँग भेटेपछि प्रधानमन्त्रीले भने- मन्त्रिपरिषदले आजै पूर्णता पाउँछ

News Image
• • •

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदले आजै पूर्णता पाउने बताएका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले सो मन्त्रिपरिषदले आजै पूर्णता पाउने बताएका हुन्।

मन्त्रपरिषद विस्तार, राष्ट्रपति र सभामुख चयनका बारेमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालकोटमा वार्ता भएको थियो।

उनका अनुसार विश्वासका मत दिएका कारण नेपाली कांग्रेससँग पनि छलफल गर्नेछन्। प्रधानमन्त्री दाहालले मंगलवार कांग्रेससहित सर्वदलीय बैठक बोलाएका छन्।

सोमबार, माघ ०२, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)