दुई वर्षमा चार प्रशिक्षक फेरिएकाे क्यानमा नयाँ अनुहार खाेज्ने चटाराे

नेपाली राष्ट्रिय क्रिकेट पुरुष टोली यतिबेला प्रशिक्षकविहीन छ।

तत्कालीन प्रशिक्षक मनोज प्रभाकारले राजीनामा दिएपछि राष्ट्रिय क्रिकेट टोली प्रशिक्षकविहीन बनेकाे छ। नेपाल क्रिकेट संघ (क्यान)ले यतिबेला प्रशिक्षक छनोटको लागि दौडधुप गरिरहेको छ।

क्यानको आयोजनामा आगामी फागुन २ देखि ७ गतेसम्म नेपालले त्रिदेशीय प्रतियोगिता गर्दैछ। प्रतियोगिता आयोजना हुन अब महिना दिन बाँकी छ तर यता क्यानले मुख्य प्रशिक्षकमा को नियुक्त गर्न भनेबारे टुंगो लगाउन सकेको छैन। नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकको यात्रा हेर्दा कहालीलाग्दो छ। गएको दुई वर्षमा मुख्य टोलीमा ४ जना प्रशिक्षकले राजीनामा दिइसकेका छन्।

त्रिदेशीय प्रतियोगिता नजिकिएसँगै अहिले क्यान प्रशिक्षक छनोटको चटाराेमा छ। क्यानले गत आइतबार एक विज्ञप्ति जारी गर्दै मुख्य प्रशिक्षको लागि आवेदन खुल्ला गरेकाे थियाे। क्यानका सचिव प्रशान्त विक्रम मल्लले बिएल नेपाली सेवासँग कुराकानीमा अबको केही दिनभित्र नेपाली राष्ट्रिय टोलीले नयाँ प्रशिक्षक पाउन जानकारी दिएका थिए।

यता, दुई वर्षभित्र टोलीका ४ प्रशिक्षक फेर्दा धेरैले क्यानको नेतृत्व सफल भएन भनेर पनि टिप्पणी गरेका छन्। आफ्नै आयोजनमा सञ्चालन हुन लागेको सिरिज नजिकिँदा पनि टोलीले प्रशिक्षक नपाउँदा नेपाली क्रिकेट नै संकटमा परेको प्रष्ट रुपमा देखिन्छ। दुई वर्षमा ४ प्रशिक्षक टिक्न नसक्दा फेरि पनि नियुक्त गरेको नयाँ प्रशिक्षक बिचमै छाडेर जानेको हो कि भने अनुमान गरेका छन।

विगत दुई वर्षमा ४ प्रशिक्षकले आफ्नै समस्या देखाएर बिचमै छाडेका थिए। टोलीका तत्कालनी प्रशिक्षक मनोज प्रभाकारले राजनीमा दिएपछि अहिले प्रशिक्षककाे स्थान रिक्त छ।

यी प्रशिक्षक जसले क्यानबाट राजीनामा दिएका थिए

उमेश पटवाल

सन २०७६ मा आइसीसीको सहयोगमा क्यानले भारतका उमेश पटवालाई राष्ट्रिय पुरुष टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गर्‍याे। क्यानले उनालाई एक वर्ष प्रशिक्षकका लागि सम्झौता गरेको थियो। यद्यपि, पटवालले सम्झाैताविपरीत ८ महिनामै राजीनामा दिएका थिए। उनले क्रिकेट लिग– २ सुरु हुनुअघि राजीनामा दिएका थिए।

उनी नेपाली टोलीलाई विश्वकप टि– २० मा क्वालिफाइ गराउन नसकेपछि असक्षम प्रशिक्षकका रुपमा आलाेचित भएका थिए। उनी नेपाल आउनुअघि अफगानस्तानका प्रशिक्षक थिए।

डेब वाटमोर

भारतका उमेश पटवालले राजनीमा दिएपछि क्यानले अष्ट्रेलियाका पूर्व खेलाडी तथा एक सफल प्रशिक्षक डेब वाटमोरलाई नियुक्त गर्‍याे।

क्यानले उनलाई पनि एक वर्षको लागि नियुक्त गरे पनि उनले ९ महिनामै राजीनामा दिएका थिए। नेपाली राष्ट्रिय टोलीका एक सफल प्रशिक्षको रुपमा परिचित थिए, उनी। सन २०७८ मा नेपालले आयोजना गरेको त्रिदेशीय सिरिजमा उनले नेपाललाई उपाधिसमेत दिलाउन सफल भएका थिए।

उनले क्यानले नियमित रुपमा पारिश्रमिक नदिएकाे भन्दै राजीनामा दिएका थिए। हाल क्यानले गर्दै गरेको प्रशिक्षकको छनोटमा वाटमोरले पुन: आवेदन दिएको क्यानकाे विशेष स्राेतले जनाएकाे छ।

पुबुदु दासानायके

नेपाली राष्ट्रिय टोलीका दुई पटकको प्रशिक्षक हुन्, पुबुदु दासानायके। सन् २०१५ मा उनले पहिलो पटक नेपाली टोलीबाट राजीनामा दिएका थिए।

उनले टोलीलाई विश्वकप टि– २० मा गाइडसमेत गरेका थिए। पहिलो प्रशिक्षणपछि राजीनामा दिएका उनले सन् २०७९ मा क्यानले उनलाई पुन: प्रशिक्षकको रुपमा नियुक्त गर्‍याे।

उनी पनि अन्य प्रशिक्षकजस्तै आफ्नाे कार्यकाल पूरा नगरी राजीनामा दिन पुगे। उनी नेपाली टोलीमा ४ महिनामा पनि टिक्न सकेन। क्यानले उनलाई दोस्रो पटक केही गर्न आशाले नियुक्त गरेको थियो तर उनी ४ महिना पनि टोलीमा टिक्न नसक्ने अवस्था सिर्जना भयो।

मनोज प्रभाकार

नेपाली राष्ट्रिय टोलीका तत्कालीन प्रशिक्षक हुन्, भारतीय अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी प्रशिक्षक मनोज प्रभाकार।

पुबुदुले राजीनामा दिएपछि मनोजलाई क्यानले नियुक्त गरेको थियो। उनी पनि नियुक्त भएको चार महिनापछि आफ्नाे देश भारत सुटुक्क भागे र त्यहाँ गएर क्यानलाई राजीनामा पत्र बुझाए।

उनले आफू प्रशिक्षक भएपछि टोलीमा धेरै परिवर्तन ल्याउने वाचा गरेका थिए तर उनले पनि वाचा पूरा गर्न नसकेर आफ्नाे कार्यकालको बिचमै राजनीमा दिन पुगे।

प्रकाशित मिति: : 2023-01-18 15:50:00

प्रतिकृया दिनुहोस्