बिएल संवाददाता
विश्व फुटबलका दुई महारथी लियाेनल मेस्सी र क्रिस्टियानाे राेनाल्डाेबीच हुने खेलकाे टिकट अहिलेसम्मकै महङ्गाे मूल्यमा बिक्री भएकाे छ।
बिहीबार साउदी अरेबियामा हुने मेस्सी सम्मेलित पेरिस सेन्ट जर्मेन र राेनाल्डाे सम्मेलित अल नासरबीचकाे खेल हेर्न एक साउदी धानाढ्यले एक टिकट २६ लाख डलर (२१ कराेड रुपैयाँ)मा खरिद गरेका हन्। उनले लिलामीमा रहेकाे उक्त भिआपी टिकट बाेलमाेलाइका क्रममा अत्यधिक मूल्य खर्चिएर किनेका हुन्।
साे भिआपी टिकट पाउनेले खेलाडीहरुसँग फाेटाे खिच्ने तथा लकर काेठाहरुमा प्रवेश गर्न पाउने छन्। उक्त लिलामीबाट प्राप्त आम्दानी एहसान भनेर चिनिने राष्ट्रिय परोपकारी अभियानमा जाने आयोजकले बताएको छ।
क्लबनिकट स्रोतकाअनुसार सन २०२५ सम्म चल्ने र २० करोड युरो (२१४ मिलियन डलर)भन्दा बढीको रहेको अल नासरसँगको सम्झौतामा हस्ताक्षर गरेपछि रोनाल्डो पहिलाेपटक मैदानमा उत्रिँदै छन्। भने, विश्वकप विजेता मेस्सी दुईपछि राेनाल्डाेसँग प्रतिस्पर्धा गर्न लागेका हुन्।
दुई वर्षअघि यी दुई खेलाडीको भेट सन् २०२० को डिसेम्बरमा च्याम्पियन्स लिगमा भएको थियो। त्यसबेला रोनाल्डो युभेन्ट्समा थिए भने मेस्सी बार्सिलोनामा थिए।
अर्जेन्टिनी विश्वकप विजेता मेस्सीसँगै पिएसजीका अन्य खेलाडीहरू फ्रान्सेली स्ट्राइकर केलियन एमबाप्पे र अचराफ हाकिमी पनि साे प्रतिस्पर्धामा सहभागी हुन सक्ने अनुमान गरिएकाे छ।
खेल नेपाली समयअनुसार राति १० बजेर ४५ मिनेटमा हुँदैछ।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया