सिंजालीकाे मन जितेका मन्त्री पछाई

BreaknLinks
BreaknLinks

जुम्ला प्रदेशसभा (ख) सिंजा क्षेत्रबाट विजयी टेकराज पछाई कर्णाली प्रदेशकाे सामाजिक विकास मन्त्री भएका छन्। उनले शालिन नेतृत्वकाे रुपमा आफ्नाे छवि निर्माण गरेका छन्।

उनले बहालवाला मन्त्री नेकपा एकीकृत समाजवादीका पदमबहादुर राेकायालाई पराजित गर्दै जित हात पारेका थिए। तीन दलीय गठबन्धनलाई पराजित गरेका पछाई मन्त्री हुँदा सिंजाली जनताले न्याय पाएकाे महसुस गरेका छन्।

प्रदेशसभा इतिहासमा दाेस्राे पटक भएकाे निर्वाचनअन्तर्गत क्षेत्र नम्बर (ख) दुबै पटक एमालेकाे झण्डा फहराएकाे हाे। यसअघि नेकपा माओवादी केन्द्रसँगकाे गठबन्धनकाे बलमा जितेकाे एमालेले यतिबेला भने एकल जित हासिल गर्न सफल भएकाे थियाे।

हालै मन्त्री बनेका पछाई सैद्धान्तिक रुपमा परिपक्व, विश्वविद्यालय ज्ञानले दिक्षित युवा नेतृत्वको रुपमा परिचित छन्। पार्टी विभाजनले क्षतविक्षत अवस्थामा समेत उनी लाेकप्रिय मत प्राप्त गर्न सफल हुनु उनले निर्माण गरेकाे व्यक्तित्वको उपज थियो।

कर्णालीकाे सिजा क्षेत्रबाट अध्ययनका लागि काठमाडौं गएका पछाईले अमृत साइन्स क्याम्पस (अस्कल)काे स्ववियु सदस्य, सहसचिव हुँदै दुई कार्यकाल सभापति बन्न सफल भएकै कारण उचाे छवि निर्माण गरेका छन्।

लामाे समय विद्यार्थी राजनीतिमा विताएका उनी युवा संघ हुँदै पार्टी राजनीतिमा क्रियाशील छन्। छाेटाे समयमा प्रभावकारी व्यक्तित्व निर्माण गरेका उनी युवा पुस्ताका प्रिय नेता मानिन्छन्। जसकाे परिणाम उनी एक पछि अर्काे राजनीतिक उपलब्धि हासिल गर्दै गइरहेका छन्।

कर्णालीबाट काठमाडौं गएका युवा विद्यार्थीले विरलै अवसर पाउने अवस्थामा उनी हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै अनेरास्ववियु बागमती अञ्चल कमिटी सदस्यसमेत बनेका थिए भने कर्णालीलाई काठमाडौं जाेड्ने पुलकाे काम गरेका थिए।

पार्टीकाे जिल्ला र प्रदेश कमिटीमा सक्रिय उनले जिल्लामा खलबलिएकाे संगठनलाई बलियाे बनाउन भूमिका खेलेका थिए।

उनी सिंजा क्षेत्रका जनतालाई कम्युनिस्ट विचार सिद्धान्तले सुसूचित भएकाे मान्छन्। यसलाई व्यापक बनाउने उदेश्य रहेकाे उनकाे भनाइ छ। उनले भने, 'पार्टीकाे विश्वास र जनताकाे मायाले म निर्वाचित भएँ। आज थप जिम्मेवारी प्राप्त भएकाे छ। म जनताकाे विश्वासलाई कायम राख्न अधिकतम् प्रउत्न गर्नेछु।'

युवाहरुका मुद्दा लिएर चुनाव जितेका उनी कम उमेरमै ठुला राजनीतिक उपलब्धि हासिल गर्ने र एमालेमा उच्च तहकाे पहुँच भएका युवा नेता मानिन्छन्।

सिजा जस्ताे ऐतिहासिक महत्व बाेकेकाे क्षेत्रमा सबै खालका विकासका पूर्वाधारहरु खडा गर्न जनताले एमाले जस्ताे सशक्त पार्टीकाे भराेसा गरेकै कारण आफूले राजनीतिक उपलब्धि हासिल गरेकाे उनकाे भनाई छ।

'हामीले गर्न सक्ने भएकै कारण जनताकाे साथ पाएका छाैं। जनताकाे हरेक मतकाे कदर हुनेछ,' उनले भने, 'त्यसैले जनमतकाे उच्च कदर हुनेछ।'

प्रकाशित मिति: : 2023-01-27 13:00:00

प्रतिकृया दिनुहोस्