विश्वकपकाे टिकट हिनामिनाबारे एन्फा पदाधिकारी माैन, पत्र पठाएकाे एक हप्तासम्म आएन जवाफ

कतार विश्वकपमा नेपालले पाएकाे टिकट अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्वाङ र सचिवालयले हिनामिना गरेकाे भन्दै साेही संस्थाका कार्यसमिति सदस्य रुपेश अधिकारीले साे बारे स्पष्ट पार्न आग्रह गरेर एन्फालाई पत्र लेखे।

गत नोभेम्बर र डिसेम्बरमा कतारमा सम्पन्न भएको विश्वकप फुटबल हेर्नको लागि फिफाले एन्फालाई २ सय ९० वटा टिकट प्रदान गरेकाे थियाे। जसमा २ सय १० वटा टिकट संस्थागत रुपमा वितरण गरिए पनि बाँकी ८० वटा टिकट गायब भएकाे भन्दै विराेध भएकाे छ।

विराेधपछि यसबारे स्पष्ट पार्न भन्दै एन्फा सचिवालय र एन्फा अध्यक्ष नेम्वाङलाई पत्र पठाए पनि एक हप्तासम्म त्यसकाे जवाफ नआएकाे रुपेश अधिकारीले गुनासाे गरेका छन्। ‘मैले गत बुधबार एन्फाको सचिवालय र एन्फाका अध्ययक्ष नेम्वाङलाई विश्वकप टिकटको हिनामिनाबारे जानकारी पाउँ भनेर एक पत्र लेखेको थिएँ तर आज हप्तादिन बितिसक्दा पनि टिकटबारे उहाँहरुबाट केही जवाफ आएको छैन,’ सदस्य अधिकारीले बिएल नेपाली सेवासँग भने, ‘मैले उहाँहरुलाई म विदेश जाँदै गरेको र उक्त कुराको जवाफ इमेलमार्फत् पाउँ भनेर मागेको थिएँ।’

कार्यसमिति सदस्य अधिकारीले गत माघ १० गते टिकट हिनामिनबारे स्पष्ट पार्न एन्फालाई पत्र लेखेका थिए। फिफाले विश्वका सबै देशका फुटबल निकायहरुलाई विश्वकप टिकट प्रदान गर्छ। सोहीअनुसार फिफालले एन्फालाई विश्वकप हेर्न २ सय ९० वटा टिकट प्रदान गरेको थियो।

‘म पनि एन्फाका सदस्य पदअधिकारी भएको कारणले गर्दा मिडियाहरुमा आइरहेको टिकटको हिनामिना समाचारबारे मेरो ध्यानार्कष भयो, एउटा पदमा बसेको हिसाबले पनि मेरो यो जिम्मेवारी रहन्छ। मैलै टिकटबारे जान्न पाउने र यसबारे बुझन पाउने अधिकार छ,’ उनले भने। एन्फाले विश्वकप टिकटको हिनामिनाबारे कार्यदल बैठकसमेत राख्ने जनाएको छ।

त्यस्तै विश्वकप टिकट हिनामिना नभएकाे हिनामिना भएको बाहिर हल्ला फैलिए पनि वास्तविकता त्यस्ताे नरहेकाे एन्फाका प्रवक्ता सुरेश शाह बताउँछन्। फिफाले नेपाललाई प्रदान गरेको प्रतिटिकटको मूल्य ३०, ३५ र ४० हजार रहेको छ।

यो एउटा गम्भीर विषय भएका कारण एन्फा तुरुन्तै यस विषयमा बैठक बस्ने र टिकटकको हिनामिनाबारे आफैं जानकारी गराउने प्रवक्ता शाहले बताए।

प्रकाशित मिति: : 2023-02-02 14:05:00

प्रतिकृया दिनुहोस्