टोपेन्द्र रोका मगर
पूर्व गृहमन्त्री रवि लामिछाने नेतृत्वको सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिएकाे छ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई उपेक्षा गर्दै गृहमन्त्रालय नदिने जनाएपछि केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो।
रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरे पनि सरकारलाई दिएकाे समर्थन भने फिर्ता नलिने सभापति रवि लामिछानेल बताएका छन्।
प्रचण्ड सरकारमा रास्वपाका दुई मन्त्री र एक राज्यमन्त्री रहेका छन्। रास्वपाबाट सरकारमा सहभागी श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्री डाेलप्रसाद अर्याल, शिक्षा मन्त्री शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्री डा. ताेसिमा कार्कीले आजै प्रधानमन्त्री प्रचण्डलाई भेटेर राजिनामा बुझाउने सभापति लामिछानेले बताए।
त्यसअघि सभापति लामिछानेले सर्वाेच्च अदालतकाे फैसालापछि सांसद पद र गृहमन्त्री गरी चार पद एकै पद गुमाएका थिए। लामिछानेले सर्वाेच्च अदालतकाे आदेशअनुसार नेपाली नागरिकता दिएर पुन: गृहमन्त्री बन्ने चाहे पनि प्रधानमन्त्रीले साे पद दिन तयार नभएपछि रास्वपा सरकारबाट बाहिरिएकाे छ।
भिडियाे:
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया