हिमाल खबर
गौतम बुद्धको जन्मस्थल लुम्बिनी परिसरभित्र निर्मित सभाहलमा माघ २४ देखि फागुन ३ गतेसम्म हिन्दू धर्मका धर्मगुरु मुरारी बापूलाई रामायण रामकथा वाचन गर्न लुम्बिनी विकास कोषले स्थान उपलब्ध गराएसँगै विवाद शुरू भएको छ।
बौद्ध धर्मावलम्बीका लागि ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व राख्ने महत्वपूर्ण चार स्थलमध्ये लुम्बिनी पहिलो हो। ऐतिहासिकता तथा मानवीय मूल्यलाई ध्यानमा राखी लुम्बिनीलाई संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को)ले विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ। यही स्थलमा रामकथा वाचनले बौद्ध समुदायलाई विचलित बनाएको छ। साथै‚ रामकथा वाचनको विरोध गर्दा ‘लुम्बिनी बौद्धको मात्रै हो र?’ भन्ने प्रश्नको पनि सामना गर्नुपरेको छ।
सामान्यतः एक धार्मिकस्थल कुनै निश्चित समुदायसँग सम्बन्धित हुन्छ। अर्थात् त्यो ठाउँलाई त्यही समुदायको मानिन्छ। जस्तै- काठमाडौंस्थित चाँगुनारायण, पशुपतिनाथ‚ सुनसरीको बराह क्षेत्र र धनुषाको जानकी मन्दिर हिन्दू धार्मिकस्थल हुन्। काठमाडौंका स्वयम्भू महाचैत्य, खास्ति महाचैत्य (बौद्ध), काभ्रेपलाञ्चोकको नमोबुद्ध बौद्ध सम्प्रदायका हुन्। कतिपय हिन्दू धार्मिक स्थलमा गैरहिन्दूका लागि प्रवेश निषेध गरिएको सूचना जारी गरिएको हुन्छ। हिन्दूको भावना विपरीत त्यहाँ केही गर्न पाइँदैन। यसरी निषेध गरिएकामा अन्य समुदायले आपत्ति जनाएको पनि पाइँदैन। तर‚ बौद्ध स्थलमा यस्तो निषेध हुँदैन। यो आआफ्नो तजबिजको कुरा हो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया