माधव नेपाललाई प्रधानमन्त्रीकाे अफर !

प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बसेकाे चार दलीय बैठकमा नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिमा काँग्रेसलाई सघाए अध्यक्ष माधवकुमार नेपाललाई एक वर्ष प्रधानमन्त्री बनाउने बनाउने प्रस्ताव आएकाे छ।

राष्ट्रपति निर्वाचनबारे छलफलकाे लागि शुक्रबार बसेकाे साे बैठकमा काँग्रेसले एकीकृत समाजवादीलाई आफूलाई राष्ट्रपतिमा समर्थन गरे एक वर्षकाे लागि माधव नेपाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेकाे बैठकमा सहभागी एक नेताले बताए।

‘अहिले सहमतीमा काँग्रेसलाई राष्ट्रपति दिने र पाँच वर्षभित्रमा एक वर्ष माधवजीलाई प्रधानमन्त्री बनाउने गरी बैठक छलफल भयाे। छलफल सकारात्मक छ। साँझ पाँच बजेसम्म राष्ट्रपतिकाे उम्मेदवार टुङ्गाे लाग्छ,’ नाम नखुलाउने सर्तमा एक नेताले भने।

यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनकाे लागि भाेलि (शनिबार) मनाेनयन दर्ता हुँदैछ। त्यसकाे लागि पुरानाे गठबन्धनका दलहरु पुन: गठबन्धन गरेर राष्ट्रपति निर्वाचनमा जाने तयारी गरेका छन्।

प्रकाशित मिति: : 2023-02-24 13:22:00

प्रतिकृया दिनुहोस्