मङ्गलबार, २९ जुलाई २०२५

जनमतः ‘पलकाे रिहाइमा खुसी छाैँ’ (भिडियाे)

News Image
• • •

नाबालिग बलात्कार अभियोगमा विगत एक वर्षदेखि थुनामा रहेका अभिनेता पल शाह थुनामुक्त भएका छन्।

शाहलाई जिल्ला अदालत नवलपुरले बाल यौन दुरुपयोगको मुद्दामा साढे दुई वर्ष कैद र र १० लाख रूपैयाँ जरिवानाको फैसला सुनाएकाे थियाे। तर आइतबार उच्च अदालत पोखराकाे फैसलाबमोजिम शाहले सफाइ पाएका हुन्।

नवलपुर अदालतको फैसलाविरुद्ध शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए। उच्च अदालतको आइतबारको इजलासले उक्त मुद्दामा अभियोग दाबी नपुग्ने ठहर गर्दै सफाइ दिएकाे हाे।

जबरजस्ती करणी अभियोगमा गत वर्ष फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेपछि फागुन १५ गते शाह आफैँ प्रहरीसमक्ष उपस्थित भएका थिए।

पलकाे रिहाइ भएसँगै उनका शुभेच्छुक खुसी भएका छन्। शुभेच्छुकहरू पललाई पुनः चलचित्रहरूमा देख्न पाउने आशमा छन्। उनीहरू शाहकाे गल्ती नभइ फसाइएकाे बताउँछन् भने अर्काेतिर दुवै पक्षकाे कमजाेरी रहेकाे बताउँछन्।

हामीले पलकाे रिहाइबारे सर्वसाधारणलाई साेधेका छाैँ। के भन्छन् त सर्वसाधारण? सुनाैँ भिडियाेमार्फत उनीहरूकाे भनाइ जस्ताकाे तस्तै:

सोमबार, फाल्गुण १५, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!