
प्रवेश बिष्ट
प्रदेश नम्बर १ ले आज नाम पाउने भएको छ। प्रदेशको नाम 'कोसी' राख्न दलहरू लगभग सहमति नजिक पुगेका छन्।
प्रदेशसभामा नाम प्रस्ताव गर्न प्रदेशसभा सचिवालयले कार्यसूची जारी गरिसकेको छ।
यसअघि पहिचानका आधारमा नामाकरण हुनुपर्ने बताउँदै आएको नेकपा माओवादीले पहिचानको मुद्दा छाडेको छ। माओवादी सांसद गणेश उप्रेतीले प्रदेशको नाम कोसी हुने बताए।
नेकपा एमालेले भने पहिलादेखि नै प्रदेशको नाम कोसी हुनुपर्ने अडान राख्दै आएको छ।
यता, नेपाली कांग्रेसमा पनि नामाकरणको विषयमा छलफल भइरहेको छ। कांग्रेसका प्रमुख सचेतक भुपेन्द्र राईका अनुसार कांग्रेसमा कोसीलगायतका नाममा छलफल भइरहेको छ।
नेकपा एकीकृत समाजवादी पार्टीले भने पहिचानको पक्षमा नामाकरण हुनुपर्ने बताएको छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया