बिहिबार, ३१ जुलाई २०२५

सैनिक विमान ठोक्किदा दुई चालकको मृत्यु

News Image
• • •

इटालीको वायुसेनाका दुई विमान मध्य आकाशमा एक आपसमा ठोक्किदा दुवै विमान चालकको मृत्युु भएको छ।

अभ्यास उडानमा रहेका दुवै विमानका चालककोे मृत्यु भएको प्रधानमन्त्री जर्जिया मेलोनीले बताएका छन्।

रोमको उत्तरपश्चिमा भएको उक्त दुर्घटनाको कारणबारे तत्काल जानकारी प्राप्त नभएको वायु सेनाले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।

प्रधानमन्त्रीले विमान चालकका परिवार र वायुसेनाका सदस्यहरूप्रति समवेदना व्यक्त गरेका छन्। दुर्घटनाग्रस्त विमान एकल इन्जिनयुक्त हुन्।

बुधबार, फाल्गुण २४, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)