बिएल संवाददाता
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले तीन दशकभन्दा बढी समयपछि पहिलो पटक पोलियोको सङ्क्रमण देखिएको बुरुन्डीले शुक्रबार जनाएको छ।
संयुक्त राष्ट्रसङ्घीय निकायले एक विज्ञप्ति जारी गर्दै मध्य अफ्रिकी राष्ट्रमा नमुना–२ पोलियो भाइरसका आठ वटा घटना फेला परेको जनाएको छ।
बुरुन्डीका स्वास्थ्य अधिकारीहरूले देशको पश्चिमी क्षेत्रमा खोप नलगाएका चार वर्षीय बालक र उनको सम्पर्कमा आएका अन्य दुई बालबालिकामा पनि सङ्क्रमण देखिएको उल्लेख गरेका छन्।
अन्य पाँच वटा नमुना–२ पोलियोको भाइरस फोहोर पानीमा फेला परेको डब्ल्यूएचओले जनाएको छ। पोलियो एक सङ्क्रामक रोग हो। यसले स्नायु प्रणालीलाई सङ्क्रमित गर्दछ र अपरिवर्तनीय पक्षाघात निम्त्याउन सक्छ।
यसले मुख्यतया साना केटाकेटीहरूलाई हानि पुर्याउँछ। तर यसको रोकथाम अत्यधिक प्रभावकारी र धेरै सस्तो खोपको प्रयोगबाट रोक्न सकिन्छ।
डब्ल्यूएचओका क्षेत्रीय अफ्रिका निर्देशक मात्शिडिसो मोएतीलाई उद्धृत गर्दै एक विज्ञप्तिमा बुरुन्डीले तीव्र गतिमा सङ्क्रमण पत्ता लगाउनुले देशको रोग निगरानीको प्रभावकारितालाई दर्शाएको बएका छन्।
उनले भने, 'हामी कुनै पनि बच्चा छुट्न नपरोस् र पोलियोको कमजोर प्रभावको कुनै जोखिम नहोस् भनेर सुनिश्चित गर्नका लागि पोलियो खोपलाई बढावा दिने राष्ट्रिय प्रयासलाई सहयोग गरिरहेका छौँ।'
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया