प्रधानमन्त्रीलाई हिजो पनि विश्वासको मत दिएका थियौँ, आज पनि दिन्छौँ: नेता भण्डारी

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता शरतसिंह भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि आफ्नो पार्टीले विश्वासको मत कायमै राखेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री दाहालले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उनले भने, 'प्रधानमन्त्रीमाथि हिजो पनि विश्वासको मत दिएका थियौँ र आज पनि मत दिन्छौँ।' उनले यसअघि विश्वासको मत दिए पनि प्रतिपक्षमा बसेको भए पनि अब भने सत्तापक्षको बेञ्चमा बस्न तयार रहेको बताए।

निर्वाचन अगाडिको पाँच दलीय गठबन्धनको घटकका रुपमा लोसपा रहेकाले विश्वासको मत दिइएको उनले प्रष्ट पारे।

'हामी तत्कालीन गठबन्धनमा रहेर गत आम निर्वाचनमा भाग लिएका थियौँ। निर्वाचनपछि स्वाभाविक ढङ्गबाट एउटा कोर्समा जानुपर्ने थियो। त्यसमा हठाथ् घटनाक्रमले जे जस्तो अवस्था आए पनि हामीले सरकारलाई समर्थन गरेका थियौँ', उनले भने।

स्थायित्वका लागि सरकारलाई समर्थन गरेको जनाउँदै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मजबुतका विश्वासको मत दिने स्पष्ट पारे।

प्रकाशित मिति: : 2023-03-20 16:29:00

प्रतिकृया दिनुहोस्